प्रेस काउन्सिल नेपालले वीरगंजको पत्रकारीतालाई भेदभावको दृष्टिले हेर्ने गरेको पर्सेली पत्रकारहरुको आरोप

38

DSC_4148

वीरगंज २१ जेष्ठ  – प्रेस काउन्सिल नेपालले वीरगंजको पत्रकारीतालाई भेदभावको दृष्टिले हेर्ने गरेको पर्सेली पत्रकारहरुले आरोप लगाएका छन् । प्रेस काउन्सिलको आयोजनामा आज वीरगंजमा भएको स्थानीय सञ्चार माध्यम प्रर्वद्धन र आचार संहिता सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रममा पर्साका पत्रकारहरुले काउन्सिलले भेदभावपूर्ण व्यवहार गरेको भन्दै स्थानिय सञ्चार गृहहरुले काउन्सिलबाट प्रँप्त कुनै सेवा सुविधा नलिने चेतावनी दिएका छन् । पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले काउन्सिलमा राजनिति नियुक्ती भए सम्म स्थानीय पत्रपत्रिकाको विकास हुन नसक्ने बताउदै पत्रिकाहरुको वर्गिकरणमा विभेद गरिएको आरोप लगाएका थिए ।

स्थानिय पत्रपत्रिकाको समस्याबारे काउन्सिललाई थाहा भए पनि वर्गीकरणको नाममा आउने रकम अनाहकमा रोकेर दुख दिने प्रवृति देखा परेकोमा सञ्चारकर्मीहरुले आक्रोश व्यक्त गरेका थिए । मोफसलबाट प्रकाशित पत्रपत्रिकाको प्रर्वद्धनका लागि छुट्टै सञ्च्ँँर आयोग बनाउनु पर्ने माग समेत पत्रकारहरुले माग गरेका थिए । अन्तरक्रियामा उठेका प्रश्नको जवाफ दिदै काउन्सिलका सदस्य गोविन्द चौलागाईले वर्गीकरणमा काउन्सिलले भेदभाव नगरेको जिकिर गर्दै काउन्सिलमा पुगेको पत्रपत्रिकाहरुको मुल्यांकनमा केहि कमि कमजोरि भए त्यसलाई सच्याएर अगाडि बढ्ने बताउनु भयो । मधेशमा जारी आन्दोलनका क्रममा स्थानीय पत्रपत्रिकाले दबाव, प्रभावमा परी आचार संहिता उल्लङ्घन गरेको उजुरी काउन्सिलमा परेकाले सो विषयमा अध्ययन भइरहेको बताउनुभयो ।

सदस्य चौलागाईले काउन्सिल र सञ्चारकर्मी दुवैको कमि कमजोरीलाई आत्मसात गरी अगाडि बढ्नका लागि अन्तरक्रिया गरिएको उहा“ले बताउनुभयो । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक सितल महतो, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवम मधेश विभाग प्रमुख विजय कुशवाहा, प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष लालबाबु शेष, वरिष्ठ पत्रकार जगदिश शर्मा, संघका पूर्व अध्यक्षहरु के.सी. लामिछाने, अशोक तिवारी, दिपेन्द्र चौहान, पुर्व केन्द्रिय सदस्य महेश दास, स्थानिय ब्रहमास्त्र दैनिकका सम्पादक काशीनाथ यादव, पर्दाफास दैनिकका प्रकाशक राघव साह, सण्डे टाईम्स अर्ध साप्ताहिकका सम्पादक गणेश साह लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ पर्साका उपाध्यक्ष ध्रुव साहले गर्नु भएको थियो ।