सन्नीले खोलिन् सफल वैवाहिक जीवनको रहस्य

68

Sunny Leone

मुम्बई, २२ जेष्ठ – सन्नी लियोनले डेनियल वेबरसँग जनवरी २००९ मा विवाह गरेकि हुन् ।  एक भारतीय टिभिसँग अन्तरवार्ताको क्रममा  अभिनेत्री सन्नीले  खुशी रहन र सफल विवाहको कडि सम्झौता रहेको बताएकी छन् ।

सफल विवाहको रहस्य बारे सोधिएको प्रश्नमा उनले भनिन् , सफल विवाहको रहस्य विश्वास र सम्झौता हो । म ‘हेप्पी वाइफ, हेप्पी लाइफ’ को भनाइमा विश्वास राख्छु । तर  सफल विवाह अर्थ  सम्झौता, बिना शर्त माया , एक- अर्कासँगको संवाद र विश्वास हो ।’

‘एक पहेली लीला’ चलचित्रकी अभिनेत्रीले भनिन्,’ राम्रो र लामो समय सम्म वैवाहिक जीवनलाई कायम राख्न  सम्झौता आवश्यक छ ।’ सन्नीको वास्तविक नाम  करणजीत कौर वोहरा हो ।