भारतमा सडक दुर्घटना हुँदा १७ को मित्यु

    56

    bus-accident-pune-mumbai-759 (1)

    काठमाडौँ, २३ जेष्ठ – भारतको मुम्बइमा भएको दुर्घटनामा १७ जनाको ज्यान गएको छ । मुम्बई–पुणे द्रुतमार्गको पनवेलमा रोकिराखेको दुई वटा कारलाई यात्रु बसले ठक्कर दिँदा अन्य ३३ जना घाइते भएका छन् ।

    घाइतेको मुम्बईको एमजिएम अस्पतालमा उपचार भइरहेको छ । पुणेबाट मुम्बईका लागि छुटेको कार पनवेलमा टायर बिग्रिएर रोकिएको थियो । अर्को कारले बिग्रिएको कार बनाउन सहयोग गरिरहेको बेला बसले ठक्कर दिएको हो ।

    दुवै कारका यात्रु टायर फेर्ने लागेका बेला साताराबाट मुम्बईका लागि छुटेको निजी बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुई कारलाई ठक्कर दिएको बस बाटोबाट २० फिट तल खसेको थियो । दुर्घटनमा ज्यान जानेमा एक ६ महिनाको बच्चा, १० महिला र ६ पुरुष छन् ।

    घाइतेको अवस्था गम्भीर छ । घटनाको जानकारी पाएलगैत प्रहरी उद्धार तथा राहतका लागि घटना स्थल पुगेको थियो । दुर्घटनाको विषयमा जाँच भइरहेको प्रहरीले जनाएको छ ।