राजेन्द्र महतोकै कारण मधेश आन्दोलन असफल : रंगिला देवी

30
फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, २३ जेष्ठ – जनकपुर बमकाण्डको अभियोगमा हिरासतमा रहेका निलम्बित सांसद सञ्जय साहकी श्रीमती रंगिलादेबी साहले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको कडा आलोचना गर्दै पदबाट राजीनामा दिएकी छन् ।

उनले आइतबार एक विज्ञप्ती सञ्चारमाध्यमहरुमा प्रेषित गर्दै मधेशी जनताको समान हकको संघर्षलाई महतोले स्वार्थपूर्ति गर्ने साधन बनाएको आरोप लगाएकी छन् ।

महतोकै बेइमानीले गर्दा मधेस आन्दोलन सफल हुन नसकेको भन्दै उनले महतो लास माथी राजनैती गर्ने प्रतिस्पर्धामा लागेको आरोप लगाएकी छन् । उनले महतोकै छलफलपटमा सञ्जय शाहलाई फसाउने काम भएको समेत दाबी गरेकी छन् ।

स्मरण रहोस् केहि दिनअघि मात्रै सद्भावना पार्टीले सञ्जय साहलाई पार्टीको वरिष्ठ उपाध्यक्षबाट हटाउँदै रंगिलालाई केन्द्रीय सदस्यमा नियुक्त गरेको थियो ।

Scan10001-1-1