राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा ओली र प्रचण्ड बीच बीचछलफल

34

Prachanda and Oli

काठमाडौँ, २३ जेष्ठ  – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा छलफल भएको छ ।

आइतबार बिहान प्रधनमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको भेटवार्तामा राष्ट्रिय सहमतिको सरकार र नौ बुँदै सम्झौताको कार्यान्वयनका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई पार्टी भित्रकै एक समूहले राष्ट्रिय सहमतिको सरकारका लागि दबाब दिइराखेका बेला प्रचण्डसँग भएको भेटलाई महत्वका साथ हेरिएको छ ।

एमालेको स्थायी समिति बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल भएपछि ओलीमाथि सहमतिको सरकार बनाउन दबाब परेको छ ।