‘रिमोर्ट कन्ट्रोल’ बाट विस्फोट, ७ प्रहरी अधिकृतसहित ११ जना मारिए

    49

    1465291889bisfot-final

    काठमाडौँ, २५ जेठ – टर्कीको इस्तानबुलमा प्रहरीको बसलाई लक्षित गरी गराइएको कारबम विस्फोटमा मंगलबार कम्तिमा ११ जना मारिएका छन् ।

    मारिनेमा चार सर्वसाधरण र सात प्रहरी अधिकृत छन् । विस्फोटमा अरु ३६ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

    बिहानको व्यस्त समयमा ‘रिमोर्ट कन्ट्रोल’बाट विस्फोट गराइएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । विस्फोटका कारण आसपासका भवनमासमेत क्षति पुगेको छ ।

    विस्फोटलगत्तै त्यस क्षेत्रमा गोली हानाहानसमेत भएको बताइएको छ ।

    टर्कीमा ‘आइएस’ र कुर्दिस लडाकूले सशस्त्र गतिविधि तीव्र पारे पनि यो विस्फोटको जिम्मा कसैले लिएको छैन । (एजेन्सी)