विप्लव माओवादीको बन्द : देशभर जनजीवन प्रभावित, दर्जनौं तोडफोड, सयौं गिरफ्तार

30

2015072475-banda-enforcers-rounded-up-600x0

काठमाडौं, २७ जेठ – विप्लव माओवादीले गरेको नेपाल बन्दले जनजीवन कष्टकर बनेको छ । सवारी साधनमाथि आगजनीदेखि तोडफोडमा बन्दकर्ताहरु उत्रिएका छन् । यसै बीच कोटेश्वरमा चालकसहितको ट्याक्सीमा आगजनी भएको छ भने भक्तपुरबाट दुई जना पेट्रोल बमसहित पक्राउ परेका छन् ।

राजधानीका विभिन्न स्थानबाट सयौं बन्दकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच ललितपुरबाट १३ जना बन्दकर्ताहरुलाई ललितपुर प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको छ ।

त्यस्तै एकान्तकुना, ग्वार्को, सातदोबाटो, कुपन्डोल लगायतका स्थानबाटसेमत पक्राउ गरिएको डिएसपी इश्वर कार्कीले जानकारी दिए ।

त्यस्तै बन्दका कारण बाग्लुङ जिल्ला पूर्ण प्रभावित भएको हाम्रा सहकर्मी कोपिला कंडेलले बताए । बन्दका कारण बाग्लुङबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु कुनैपनि संचालनमा नआएको उनले बताइन् । साथै जिल्लास्थित शिक्षण संस्था लगायत कुनैपनि सघंसस्था उद्योग ब्यापार पूर्णत ठप्परहेको उनले बताइन् ।

यसैबीच प्रहरीले बन्द गराउँदै हिडेका एक दर्जन बन्दकर्तालाई काभ्रेको बनेपाबाट नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीको इटहरीमा बन्दकर्ताले दुई वटा गाडी तोडफोड गरेका छन् । प्रहरीले उक्त स्थानबाट ३ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।