कमल थापा चार दिने भारत भ्रमणका लागि आज दिल्ली जाँदै

34
फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं २८ जेठ – उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा चार दिने भारत भ्रमणका लागि आज दिल्ली जाँदै छन् । सार्क विश्व विद्यालयको दिक्षान्त समारोहमा भाग लिन परराष्ट्रमन्त्री थापा भारत जान लागेका हुन । नेपाल सार्क मन्त्रिपरिषद् अध्यक्ष रहेकाले त्यसैको हैसियतमा आगामी समारोहमा भाग लिन थापा भारत जान लागेका हुन् । बिहान पौने ११ बजे दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्री थापाका सहयोगी मोहन श्रेष्ठले जानकारी दिए ।

दीक्षान्त समारोहमा सहभागी हुन जाने भनिए पनि त्यहाँ उहाँले राजनीतिक भेट समेत गर्ने जनाइएको छ । थापाको भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटघाट गर्ने कार्यक्रम तय भइसकेको छ । भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्ध मजबुत बनाउनु रहेको बताइएको छ ।

उनको भारत भ्रमण तीन दिनको हुनेछ । नयाँ संविधान जारी भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्रीको हैसियतमा थापाले भारत भ्रमण गर्न लाग्नुभएको चौथो पटक हो । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएपछि नेपाल र भारतबीच उच्च राजनीतिक तहमा भेटवार्ता हुन सकेको थिएन । मन्त्री थापाको भ्रमणले पुनः दुई देशको उच्च राजनीतिक तहमा संवाद सुरु गर्ने जनाइएको छ ।