महिला स्वयं सेविका कोषमा एकाउन्न हजार प्रदान

35

13407480_1403477923002834_647001087_n

वीरगंज, २८ जेठ – बीरगंज उपमहानगरपालिकाका कार्यवाहक कार्यकारी प्रमुख प्रकाशमान अमात्यले महिला स्वयंसेविकाहरुको कामलाई ब्यवस्थित रुपले संचालन गर्न कार्यालयको ब्यवस्थापन गरिने बताएका छन ।

बीरगंज उपमहानगरपालिकाको सहयोगमा सामुदायीक स्वास्थ्य तथा शिक्षा सेवा (चेस नेपाल)ले आयोजना गरेको महिला स्वयंसेविकाको कोष बृद्धि तथा अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अमात्यले महिला स्वयं सेविकाको नेतृत्व बिकासकालागि पनि उपमहानगरले काम गरेको र आउने वर्षमा पनि त्यसलाई निरन्तरता दिने बताए ।

महलिा स्वयं सेविकाहरुले उनीहरुको सीप बिकासका निम्ति प्रस्ताव तथा परियोजना लेखन तालिमको आवश्यकतालाई सम्बोधन गर्न गरेको आग्रहको जवाफ दिदै कार्यवाहक प्रमुख अमात्यले महिला स्वयंसेविकाहरुको सीप बिकासमा बीरगंज उपमहानगरपालिकाले काम गर्ने आश्वासन दिएका थिए । कार्यक्रममा अमात्यले महिला स्वंयसेविकाहरुको कोषमा चेस नेपालले उपलब्ध गराएको एकाउन्न हजार रुपैयाको चेक कोषका संचालक बिना ठाकुरलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत अमलेश्वर मिश्रले महिला स्वयं सेविकाको काम कर्तब्य आचार सहिता र भूमिकाको बारेमा प्रकाश पारेका थिए । सरकारले चलाउने स्वास्थ्य सम्बन्धी अभियानमा महिला स्वयंसेविकाहरुले घाम पानी नभनी खट्दा समेत सामान्य चिया नास्ताको समेत ब्यवस्था नभएकोमा गुनासो गरेका थिए । उनीहरुले महिला स्वयंसेविकाहरुको उपचारमा निशुल्क हुने ब्यवस्था भएपनि सरकारी अस्पतालहरुले त्यो सेवा नदिएको भन्दै गुनासो गरेका थिए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख सचिदानन्द सिंहले महिला स्वयं सेविकाको उपचारमा भएको ब्यवस्थालाई लागू गर्न आफूहरुले पनि प्रयास गर्ने प्रतिवद्धता जनाउदै निशुल्क उपचार पाउनकालागि पुरा गर्नु प्रक्रियामा सहभागि हुन समेत महिला स्वयंसेविकाहरुलाई आग्रह गरेका थिए । चेस नेपालका अध्यक्ष बिनय यादवको अध्यक्षतामा भएको कार्यक्रममा बीरगंज उपमहानगरपालिकाका अधिकृत शम्भू गुप्ता सामाजिक बिकास महाशाखाका सुनिल कर्ण महिला सवंय सेविकाहरु उत्तमा प्याकुरेल,महिमा शर्मा ,निलम कर्ण लगायतले आफना भनाईहरु राखेका थिए । कार्यक्रममा चेस नेपालका सल्लाहकार रितेश त्रिपाठीले स्वागत र उपाध्यक्ष के.सी.लामिछानेले संचालन गरेका थिए ।