सवारी दुर्घटनामा दुई प्रहरी जवानको ज्यान गयो

33

बीरगंज २८ जेठ – पूर्व पश्चिम राजमार्गको पथलैया निजगढ सडकखण्डको पिलुवामा आज भएको सडक दुर्घटनामा परि जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत दुई जना प्रहरी जवानको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक चढने सवारीका चालक कुमार तमांग र पवन मिश्रको ज्यान गएको हो । कार्यालयकै कामले निजगढ जादै गर्दा पाने १२ बजेको आसपासमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ना २२ प ९६५० को मोटरसाइकलमा आज बिहान बाराको निजगढ तर्फ गइरहेको प्रहरीदय चढेको मोटरसाइकललाई पूर्वबाट आइरहेको को २ च ८७६६ नम्बरको कारले ठक्कर दिदा दुर्घटना भएको हो । उनीहरुको घटना स्थलमै ज्यान गएको हो । कारका चालक पनि घाइते छन। तमागं दोलखाका हुन भने मिश्र महोत्तरी जिल्लाको बेनौलीका स्थायी बासिन्दा हुन ।

पर्साका प्रहरी नायव उपरिक्षक होमेन्द्र बोगटीले दुई जना राम्रो जनशक्ति गुमाउनु परेकोमा दुःख ब्यक्त गरेका छन । दुबै प्रहरी जवानको पोष्टमार्टमकालागि शव नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ ।