हिलारी क्लिन्टनलाई ओबामाको समर्थन

    46

    obama-and-clinton

    एजेन्सी, २८ जेठ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति चुनावको उम्मेदवारीका लागि हिलारी क्लिन्टनलाई समर्थन गर्नुभएको छ । डेमोक्याट्रिक पार्टीको तर्फबाट आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि ओबामाले क्लिन्टनलाई गरेको वीवीसीले जनाएको छ । डेमोक्याट्रिकको तर्फबाट क्लिन्टन र सिनेटर बर्नी सान्ड्रेस प्रतिस्पर्धामा छन् ।

    राष्ट्रपति ओबामाले सिनेटर सान्ड्रेससँगको छलफलपछि क्लिन्टनलाई आफ्नो समर्थन रहेको औपचारिक घोषणा गर्नुभएको हो । ओबामाले भिडियो सन्देश जारी गर्दै क्लिन्टन राष्ट्रपतिको जिम्मेवारीका लागि अहिलेसम्मकै उत्कृष्ट र योग्य व्यक्ति रहेको बताउनुभएको छ । राष्ट्रपति ओबामा र क्लिन्टनले चाँडै नै राष्ट्रपति चुनवाको संयुक्त प्रचारप्रसार अभियान सुरु गर्ने तयारी गरेको पनि सञ्चार माध्यमले जनाएका छन् ।