बिश्व रक्तदान दिवसको अवसरमा रक्तदाताहरु सम्मानीत हुने

69

बीरगंज ३० जेठ÷13405528_1405444379472855_821975420_o
बिश्व रक्तदाता दिवसको अवसरमा तीन दिवसीय कार्यक्रमको घोषणा गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र बीरगंज र ब्लड डोनर्स एशोशिएसन बीरगंजले आइतवार पत्रकार भेटघाट कार्यक्रमको आयोजन गरेर कार्यक्रमको घोषणा गरेका हुन । बीरगंजको हिमाञ्चल केवीनमा आयोजना गरिएको भेटघाट कार्यक्रममा बिश्व रक्तदाता दिवस रक्तदान गर्नेहरुलाई उत्प्रेरणा होस भनेर मनाउन लागिएको जानकारी गराइएको थियो । रक्त संचार केन्द्र बीरगंजका प्रमुख प्रविण मानन्धरले बिश्व रक्तदान दिवसको सन्दर्भ परेर रक्तदान गर्ने संस्था र ब्यक्तिलाई सम्मान गरिने बताए ।
धेरै पटक रक्तदान गर्ने बाराको कलैयाका राम रहिम,बढी रक्तदान गर्न योगदान दिने पहिलो दोस्रो र तेस्रो संस्था,धेरै पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने संस्था ,ग्रामीण स्तरमा सबै भन्दा बढी संख्यामा रक्तदान गराउने संस्था र १ सय पिन्ट भन्दा बढी रक्तदान गर्ने संस्थाहरुलाई सम्मान गरिने उनले जानकारी दिए ।
गत वर्षको श्रावण देखी ०७३ बैशाख सम्म रक्तसंचार केन्द्रले बिभिन्न संघ संस्थाका माध्यमबाट ६ हजार ८७ युनिट रक्त संचालन गरेको केन्द्र प्रमुख मानन्धरले जानकारी दिए । यो अवधीमा ५ हजार ६ सय १ युनिट रक्त बितरण भएको उनले बताए ।
वार्षिक अहिले ७ हजार युनिट रगतको आवश्यकता चाहिन्छ ।त्यही अनुपातमा रगत संकलन हुन जरुरी छ । शनीवार मात्र रक्तदान कार्यक्रम हुदै आएकोमा आयोजकहरुलाई अन्य बारहरुमा रक्तदान आयोजना गर्न रक्तदान गर्न उनले रक्तदाता संस्थाहरुलाई अपिल गरेका छन ।
कार्यक्रममा ब्लड डोनर्स एशोसिएशनका अध्यक्ष शत्रुघ्न नेपाल सचिव अरविन्द कुमार सिंह सुदीप लामा र पंकज श्रेष्ठ नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो