जनचेतनमा मुलक ¥याली सम्पन्न

62

ad
बीरगंज ३१ जेठ÷
बिश्व रक्तदान दिवसको अवसर पारेर आज बीरगंजमा सचेतना ¥याली निकालिएको छ । बीरगंजको घण्टाघरबाट निस्किएको ¥यालीले बीरगंजको बिभिन्न भागको परिक्रमा गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र र ब्लड डोनर्स एशोसिएशनले आयोजना गरेको कार्यक्रममा बिभिन्न कलेजका बिद्यार्थीहरु र नागरिक अगुवाको सहगिता रहेको थियो । बिश्व रत्तदान दिवसको यस वर्षको नारा “रगतले हामी सबैलाई जोडछ” रहेको छ ।
बिश्व रक्तदान दिवसलाई चेतना जागरणको रुपमा मनाउने क्रममा आज सचेतना ¥याली निकालिएको एशोसिएशनका अध्यक्ष शत्रुघ्न नेपालले जानकारी दिए । हिजो पत्रकार भेटघाटको आयोजना गरेर कार्यक्रमको शुरुवात गरिएको थियो । जुन १४ लाई बिश्व रक्तदान दिवसको रुपमा संसारभर मनाइने गरिन्छ । बीरगंजमा यही सन्दर्भ पारेर रक्तदान गर्ने ब्यक्ति र संस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको रक्तसंचार केन्द्रका प्रमुख प्रविण मानन्धरले बताए ।