दाइजो बिरुद्ध प्लस टु पुस्ता

69

13410553_1406140379403255_420413757_o
बीरगंज ३१ जेठ ।

दाइजो नपाएको भन्दै महिलाहरुमाथि हिसा बढीरहेको बेला मध्यतराईमा प्लस टु पुस्ता भने दाइजो बिरुद्ध जनचेतना जगाउने अभियानमा लागेका छन ।
बीरगंज कर्मश क्यापम्समा अध्ययनरत यो पुस्ता सोमवार बिहार बीरगंजको मुख्य मुटुमा रहेको नेपाल टेलीकमको शाखा कार्यालयको पर्खालमा एकोहोरो रुपमा रंगलगाउदै थिए । क्याम्पसका संचालक सुशिल भट्टराई दाइजो प्रथाले सामाजिक रुपमा अत्यन्तै भयावह अवस्था सृजना गरेकोले त्यस बिरुद्ध आजको पुस्ताले बिद्रोह गर्नु राम्रो पक्ष भएको बताए । टेलीकमको भित्तामा बनाईको चित्रमा समेत तराजुमा एकातीर चेली र अर्को तर्फ दाइजो बापतका मंहगा र बिलाशिता बस्तुहरु राखेको देखाइएको छ । तराजुमा चेलीको बजन कम र दाइजोको ओजन धेरै देखाइएको छ । यो प्रथाले महिलाहरु दिन प्रतिदिन हिंसामा परि मारिनु परेको बर्तमान अवस्थालाई चित्रले संकेत गरेको छ ।
प्लस टु पुस्तामा दाइजो बिरुद्ध आएको यो चेतनालाई फैलाउनु पर्ने मत रहेको छ अर्का अध्यापक गजेन्द्रमान सिहंको । दाइजो बिरुद्धको अभियानलाई जन जन पुर्याउनकालागि शैक्षीक रुपमा सचेत र गतिशिल युवा युवतीहरु अगाडि आउनलाई राम्रो संकेत मान्नु पर्ने बिचार छ नेपाल रेडक्रस सोसाइटी पर्साका मंत्री बीरेन्द्रराज कडेलको ।