मधेशी पत्रकार समाज पर्साको अध्यक्षमा साह चयन

72

13453983_1407191165964843_1472778888_n
वीरगन्ज (पर्सा), ३२ जेठ ÷
मधेशी पत्रकार समाज पर्सा शाखाको अध्यक्षमा श्रवण प्रसाद साह चयन भएका छन् । मधेशी पत्रकार समाजका केन्द्रिय महासचिव रामचन्द्र प्रसाद यादव (आर.सि. यादव) को सभापतित्वमा नेशनल ट्रेडिङ्ग स्थित एक्सन मुभि प्रोडक्सनको सभाहलमा सम्पन्न भेलाले समाजको जिल्ला अध्यक्षमा साहलाई चयन गरेको हो ।
सो भेलाले साहको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा बिरेन्द्र साह, सचिवमा हरिशंकर शर्मा, कोषाध्यक्ष पन्नालाल प्रसाद, सह सचिवमा लक्ष्मी गिरी रहेका छन् भने सदस्यहरुमा अजय कुमार चौरसिया, कृष्ण प्रसाद यादव, मुकलेश राउत गद्दी, अशोक कुमार पटेल, मुकेश कुमार चौरसिया, संगीत चौधरी, मोहनलाल पंडित, अजहर मियाँ, बिजय प्रसाद कुर्मी, अरमान अली रहेका छन् । त्यसैगरि सल्लाहकारमा सरोज चौरसिया, रामनिवास यादव, अजय पटेल, ओमलोक सिंह, एस.एम. जहाँगस्त, नुर आलम रहेका छन् ।
मधेशी पत्रकार समाज केन्द्रिय कार्यालय अनामनगर काठमाडौंले जारी गरेको विज्ञप्तिमा समाजका निवर्तमान अध्यक्ष सन्तोष पटेलले २०७२÷०७३ को क्रममा वीरगन्जलाई केन्द्रित गर्दै भएको आन्दोलनमा खेलेको भूमिकाबाट मधेशी पत्रकार समाज गौरान्वित भएको भन्दै र उनको भूमिकालाई सम्मान गर्दै केन्द्रिय सदस्यमा मनोनित गरेको थियो भने सोही बखतदेखि बिघटन रहेको मधेशी पत्रकार समाज जिल्ला शाखा पर्सालाई आज पुनः गठन गरिएको छ ।