अनियन्त्रित दाेहानका कारण चुरे संकटमा (फाेटाे फिचर)

66

13444368_503977429793349_1032748607_n

वीरगंज, ०१ असार – गिट्टी बालुवाको अनियन्त्रित उत्खननका कारण पर्सा जिल्लाको उत्तरी क्षेत्रका बस्तीहरु जेखीममा परेका छन । जिल्ला बिकास समिति पर्साले जिल्लाको भलुवाही,भोडाहा र जमुनिया खोलाबाट गिट्टी बालुवा निकासीकोलागि ठेक्का लगाएको छ । ठेक्का लिएको ठेकेदारहरुले गिट्टी बालुवा निकासीको कार्यविधिले तोकेको मापदण्ड बिपरित गिट्टी बलुवा निकासी गरेकोले जंगल छेउका बस्तिहरु जेखिममा परेका हुन । ठेकेदारले लोडर र एक्साभेटरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गरिरहेका छन ।

उत्खनन कार्यबिधिको ६.४ मा नदीजन्य पदार्थको उत्खनन गर्दा जिविसबाट खटिएका तथा बन कर्मचारीको समेतको प्रत्यक्ष निर्देशनमा रेखाकंन गरिएको घाट क्षेत्र भित्रको सीमाबाट मात्र हाते औजार र श्रममुलक प्रविधिको मात्र प्रयोग गरि निकाल्ने भारी यान्त्रिक उपकरण प्रयोगलाई निरुत्साहीत गर्ने उल्लेख छ । तर ठेकेदार पक्षबाट पर्साको जमुनिया खोलामा लोडर एक्साभेटर जस्ता यन्त्रको प्रयोगबाट नदीजन्य पर्दाथको उत्खनन भएको छ । खोलाको १५ मिटर दाया र १५ मिटर बाँया छाडेर १ मिटर सम्मको गहिराई बाट गिट्टी बालुवाको निकासी गर्न कार्यबिधिले मापदण्ड बनाएको छ । तर ठेकेदार पक्षले गिट्टी बालुवाको उत्खनन गर्दा जता ततै पोखरी जस्तो बनाएको छ ।

13451085_503983263126099_1012084817_n

चुरे पर्वतमालाबाट आएको गिट्टी बालुवा संचीत भएको र त्यसले गर्दा नदीको सतह पनि माथि उठेको छ । नदीको सतह माथि उठेकै कारण जंगल र बस्तीमा बाढीले मार गर्दै आइरहेको छ । भलुवही, जमुनिया र भोडाहा नदीमा वर्षातको समयमा आउने बाढीका कारण सैयौ बिगाहमा लगाईएको अन्नवाली नष्ट हुदै आएको छ । खोलालाई धार परिर्वतन हुन नदिइ आफनै बाटोमा बगिरहने अवस्था बनाउनकालागि खोलाको सतहमा जमेको गिट्टी बालुवा निकाल्ने गरिन्छ । जसले गर्दा बाढीको प्रकोपबाट हुने क्षतीलाई न्यून गर्न सकिन्छ ।

13453814_503977879793304_684316311_n

तर पर्सामा नदीजन्य पर्दाथको उत्खनन कार्यविधि २०७३ ले निर्दिष्ट गरेको भन्दा बिपरित गएर ठेकेदार पक्षले नदीजन्य पर्दाथको उत्खनन गर्ने र त्यसमा नियमनकारी निकायको समेत मौन सर्मथन देखिनुले थप संशय पैदा गरेको छ । जिल्ला बिकास समितिले भलुवही खोला २९ लाख भोडाह १९ लाख ६५ हजार र जमुनिया खोला २१ लख ५५ हजारमा ठेक्का लगाएको छ । तर ०७२ चैत २३ गते जिल्ला बिकास समितिले बनाएको अनुगमन समितिले स्थलगत अनुगमन गरेर दिएको प्रतिवेदन अनुसार भोडाहा खोलको अत्यधिक दोहन भएको र त्यसले आफनो वहावको धार समेत परिर्वतन गर्न सक्ने जसले वतावरणमा प्रतिकूल प्रभाव समेत परिर हेकोले त्यहाको ठेक्का बदर गर्न समेत सुझाव दिएको थियो । तर जिल्ला बिकास समितिले यो सुझावलाई कार्यान्वयन गरेको छैन ।

जमुनिया खोलकोलागि लगाइएको ठेक्कामा ठेकेदार रन्जन निर्माण सेवाका इन्द्रासन साहले १६ हजार घनमिटर गिट्टी बालुवा निकाल्न इजाजत पाएका छन । उनै साहले नै १६ हजार घन मिटर ग्राभेल लाग्ने पर्सा जिल्लाका बिभिन्न सडकको मर्मतका लागि पनि ठेक्का पाएका छन । उनको ठेक्का बाटै पर्साका सडकहरुको मर्मत सम्भार हुने र पर्सा जिल्लाको बिभिन्न निर्माणकालागि आवश्यक गिट्टी बालुवा समेत जमुनिया खोलाबाट निकासी भइरहेकोले ठेकेदार साहले एक तीर बाट दुई निशाना लगाएको तर्फ जिल्ला बिकास समितिले किन आखाँ चिम्लिएको हो भन्ने प्रश्न उब्जेको छ । तर स्थानीय बिकास अधिकारी बिश्व प्रकाश अर्यालले भने जिल्ला भित्रको बिकास निर्माणका परियोजनाहरु नरोकिउन भनेर प्रमुख जिल्ला अधिकारीको समेत पहलमा भएका बैठकहरुले निर्णय गरेकोले निकासीको काम भएको बताउछन । जिल्ला बिकास समिति पर्साले ठेक्का लगाएको भन्दा अलगबाटै पप्पु निर्माण सेवालाई ४ हजार ७ सय ६५ घन मिटर र हेटौडाको डिपिएस निर्माण कम्पनीलाई ५ हजार ५ घनमिटर गिट्टी बालुवा निकासीको इजाजत दिएको छ । यि निर्माण कम्पनी र ठेकेदार पक्षले मेशीनको प्रयोग गरेर चुरे मास्ने काम गरिरहेका छन । चुरे पहाडलाई मानव रहीत बनाउनु पर्ने कुरामा बिज्ञहरुले जोड दिदै आएका छन । चुरे पाहाड आफै सम्बेदनशील छ । चुरे तराईकोलागि रिचार्जर हो तर त्यसलाई त्यही रुपमा लिन नसक्दा समस्याहरु आउन सक्ने राय छ जिल्ला बन कार्यालय पर्साका बन अधिकृत फरमान अन्सारीको ।

13444313_503981503126275_448197979_n

चुरे आफैमा “लुज स्वाइल” को संरचना हो त्यो आफै पनि खस्दै जान्छ । ढंग पुर्याएर नदीजन्य पर्दाथको उत्खनन नभए त्यसले बिकराल समस्या ल्याउने उनको भनाई छ । अहिले भइरहेको उत्खननको अनुगमन समेत गरेका अन्सारीले यही पारामा नदीजन्य पर्दाथको उत्खनन हुन उचित नहुने भन्दै आफूले गिट्टी बालुवाको निकासीका कारण बनेका पोखरीजस्ता खाल्डाहरु पुर्न लगाएको र निकासी समेत रोक्न लगाएको दावी गरे । बन कार्यालयलले पाउनु पर्ने रोयाल्टी समेत नपाएको गुनासो गरेका अन्सारीले अनियन्त्रित दोहनका कारण आफनो समेत चित्त दुःखेको बताए । जिल्ला बिकास समितिले लगाएको ठेक्कामा मुूल्य अभिबृद्धि कर र आयकर समावेश छ तर बन कार्यालयले पाउनु पर्ने रोयल्टीको कुनै चर्चा छैन । पछिल्लो पटक पप्पु र डिपीएस निर्माण सेवाले भने ५/५ लाख रुपैया रोयल्टी बुझाएको अधिकृत अन्सारीले बताए ।

13453814_503977879793304_684316311_n

जमुनिया खोलामा गिट्टी बालुवाको निकासीकालागि मेशीनले बनाएका खाल्डा खुल्डीका कारण भू क्षय बढ्ने निश्चित रहेको अनुगमनकर्ता अन्सारीको दावी छ । स्थानीय बिकास अधिकारी बिश्व प्रकाश अर्याल समेत गिट्टी बालुवाको उत्खननमा मेशीनको प्रयोगको इजाजत नदिएको बताउछन । मेशीनले गिट्टी बालुवा ननिकल्दा गुणात्मक नहुने भएकाले मेशीनको प्रयोग भएको उनले दावी गरे तर उनले समेत आफूले त्यस्तो इजाजत दिन नसक्ने बताए । प्रारम्भिक वतावरीणय परिक्षणमा समेत मेशीनको प्रयोग बर्जित छ उनले भने मेशीनबाटै उत्खनन गर्ने हो भने पनि मंत्रालयबाट स्वीकृती लिनु पर्ने कुरा आफूले राखेको उनले बताए । तर किन कुन कारणले हो मंत्रालयको इजाजत चाहिने भएपनि अहिले सम्म त्यस्ते इजाजत आएको छैन । स्थानीय बिकास अधिकारी लगायतको टोलीले उत्खनन स्थलको अनुगमन गरेपनि मेशीनको प्रयोग नरोकिएको स्थानीय अगुवाहरुको दावी छ ।