एनसेलले ल्यायो ‘नाइट एसएमएस प्याक’

53

Ncell-Logo

काठमाडौँ, ०१ असार – देशकै अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘नाइट एसएमएस प्याक’ नामक आकर्षक योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत् एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले अब कुनैपनि एनसेलका नम्बरमा हरेक दिन राति १० बजेदेखि बिहान ६ बजेसम्ममात्र  ५ रुपैयाँ (कर बाहेक)मा १०० ओटा एसएमएस पठाउन सक्ने जनाइएको छ ।

नाइट एसएमएस प्याक बुधबार (आज)देखि लागू भइ ३ महिनाको अवधिसम्म सन्चालनमा रहने एनसेलले जनाएको छ ।

एनसेलका सबै ग्राहकले ८१७११९३ डायल गरी प्राप्त जानकारीअनुसार यो सेवा सुचारु गर्नसक्ने पनि जनाइएको छ ।

ग्राहकले सेवा प्रयोगको अवधि सकिएपछि  स्वतः नवीकरण हुने वा आफ्नो आवश्यकताअनुसार प्रत्येकपटक दैनिकरुपमा प्याक खरिद गर्ने गरी दुई किसिमबाट यो सेवा सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

‘बढ्दो सन्चार आवश्यकतालाई ध्यानमा राखी एसएमएस प्रयोग गर्न रुचाउने ग्राहकहरुका लागि  यो ‘नाइट एसएमएस प्याक’ योजना ल्याएका हौं’–एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने–‘यसले हाम्रा ग्राहकलाई सुलभदरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन मद्दत पुर्‍याउने विश्वास लिएका छौं ।’