दलीत र मुस्लिमका घर बन्नेछनःसंयोजक गुप्ता

27

Rajkumar Gupta

वीरगंज, ३ असार – पर्सा जिल्लाका अतिविपन्न दलित, मुस्लीम परिवारकोलागि सरकारले पक्की घर बनाउने भएको छ । जनता अवाश कार्यक्रम अन्तर्गत पर्सामा पहिलो चरणमा १ हजार विपन्न दलीत ,मुूिलम परिवारकालागि पक्की घर बन्ने छ ।

सरकारले पर्सामा जनता आवास कार्यक्रम संचालनकालागि पर्सा क्षेत्र न. ३ का सांसद राजकुमार गुप्तालाई संयोजक तोकेको छ । बजेटमा सरकारले तराईका जिल्लालाई लक्षितगरि यो कार्यक्रम ल्याएको र आउदो साउन देखी निर्माण सुरु हुने जनता आवास कार्यक्रम पर्साका संयोजक एवं क्षेत्र न. ३ का सांसद राजकुमार गुप्ताले बताए ।

केही दिन मै अध्ययन सुरु हुने छ , यो कार्यक्रमले विपन्नताका कारण घर बनाउन नसकेका दलित र मुस्लिम परिवारले राहत पाउने गुप्ताले बताए । पर्सामा जनता अवास कार्यक्रमलाई सफल बनाउन सबै वर्ग,निकाय र राजनीतिदललाइ सहयोग गर्न गुप्ताले आग्रह समेत गर्नु गरेका छन ।