नमुना बिद्यालय बनाइने छ : अध्यक्ष चौधरी

32

13479649_1408523925831567_1266263768_n

बीरगंज, २ असार – गादी गाविसको रंगपुरमा रहेको नेपाल राष्ट्रीय माध्यामिक बिद्यालयमा नयाँ भवन निर्माणकालागि बिहिवार भूमि पूजन भएको छ । जिल्ला शिक्षा कार्यालय पर्साको ६२ लाख ५० हजारको अनुदानमा १६ कोठे भवन निर्माण हुन लागेको हो ।

भवन निर्माणकालागि भवन निर्माण समितिका अध्यक्ष बीरेन्द्र चौधरी र बिद्यालयका प्रधानाध्यापक भोजराज गौतमले आज संयुक्त रुपमा भूमी पूजन गरि भवन निर्माण कार्यको शुभारम्भ गरेका हुन । यस भन्दा पहिला ८ कोठे भवन निर्माणकालागि जिल्ला शिक्षा कार्यालय पर्साले दिएको निकासाको फरछ्यौट नहुदा रहेको भवन निर्माण कार्य अन्यौलमा रहेको थियो ।

स्थानीय शिक्षाप्रेमी र प्रधानाध्यापकको अगुवाईमा भएको पहलका कारण १६ कोठे भवन निर्माणको बाटो खुलेको हो । यस भन्दा अगाडि आठ कोठे भवन निर्माणमा ७ लाख रुपैया अनियमितता भएकोले जिल्ला शिक्षा कार्यालयमा फरछ्यौट नभएको स्रोतको दावी छ ।
अहिलेको बजेटमा जनताको सहभागिता समेत परिचालन गरे गुणस्तरीय काम गरिने अध्यक्ष बीरेन्द्र चौधरीले बताएका छन ।

गादी,सोनवर्षाका बिद्यार्थीहरुको चाप रहने सो बिद्यालयलाई नमुना बिद्यालयको रुपमा बिकास गरिने चौधरीको भनाई छ । बिद्यालयमा ब्यवस्थापन समिति नभएको तीन वर्ष भन्दा बढी भयो । समिति नहुदा अन्य कतिपय महत्वपूर्णकामहरु भने हुन सकेका छैनन । ब्यवस्थापन समितिको अभाव रहे पनि अहिले निर्मँण भएको भवन निर्माण समिति प्रतिनै आम अभिभावकहरुको आशा रहेको स्थानीयले बताएका छन ।