बीरगंजको समृद्धिकालागि स्थानीय बिकास मंत्रालयलाई ज्ञापन

36

13479660_1408503692500257_1542037571_n

बीरगंज, २ असार – सद्भावना पार्टी बीरगंजले प्रमुख जिल्ला अधिकारी मार्फत समृद्ध बीरगंजका लागि १६ बुँदे ज्ञापन पत्र स्थानीय विकास मन्त्रालयमा पठाएको छ । सद्भावना पार्टी बीरगंज नगर अध्यक्ष ओम प्रकाश सर्राफको नेतृत्वमा गएको टोलीले जिप्रका पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलाई ज्ञापन बुझाएको हो ।

समृद्ध बीरगंजका लागि बुझाइएको ज्ञापन पत्रमा नगर क्षेत्रमा निर्माण भई रहेको कार्य गुणस्तर एवं भ्रष्टाचारमुक्त हुनुपर्ने, एकीकृत सम्पती कर खारेज गर्नु पर्ने, नगरपालिकाले थप गरेको ११ वडाको लागि विशेष प्याकेज व्यवस्था गर्नुपर्ने, सार्वजनिक सम्पतीहरुमा नगरवासीको स्वामित्व हुनुपर्ने, घडिअर्वा पोखरीमा निःशुल्क मोर्निङ्ग वाकको व्यवस्था हुनुपर्ने, घण्टाघरमा रहेको जग्गामा अविलम्ब शहिद पार्कको निर्माण हुनुपर्ने, बीरगंजको मुख्य सडक फराकिलो हुनुपर्ने, कार्यालय महिला मैत्री हुनु पर्ने, डुबान भएको बेला फास्ट्रेकमा निकासको व्यवस्था हुनुपर्ने, शहरलाई दिर्घकालीन रुपमा सफा राख्नु पर्ने र शहर सँग जोडिएको नदीहरुलाई स्वच्छ बनाउनुपर्ने माँग सहित ज्ञापन पत्र बुझाएको थियो ।

पत्र बुझ्दै सहायक प्रजिअ भण्डारीले आफु र आफ्नो कार्यालयले मागहरुका सम्बन्धित निकायहरुसँग चाँडै छलफल एवं पहल गर्ने प्रतिवद्धता जनाएका थिए । ज्ञापनपत्र बुझाउने टोलीमा सद्भावना पार्टीका केन्द्रीय सदस्य नेजामुदिन समानी, पर्सा सचिव राजेश साह, नगर सदस्यहरु मनोज सर्राफ, शिवनाथ रौनियार, संजय पटेल, दुखि महतो, सुजित झा, प्रमोद पटेल, निरञ्जन पटेल, सद्भावना विद्यार्थी मञ्च बीरगंज अध्यक्ष नुरसिद अन्सारी, सचिव विणा अधिकारी, कोषाध्यक्ष असलम अन्सारी लगायतको उपस्थिति रहेको थियो ।