हिन्दूत्वले नेपालीलाई जोडेको छ : पूर्व प्रधानसेनापती कटुवाल

42

13453886_1408552295828730_428763988_n

बीरगंज, २ असार – नेपाली सेनाका पूर्व प्रधानसेनापती रुक्माङग्द कटुवालले हिन्दूत्वले सबै नेपालीलाई एउटै सुत्रमा बाँध्न सफल भएको बताएका छन । हिन्दू स्वयसेवक संघले बीरगंजमा आयोजना गरेको २० दिने प्रशिक्षण शिविरको समापनमा बोल्दै कटुवालले बिभिन्न कारणले भत्किएका समाजिक संरचनाहरुको पूर्ननिर्माण गर्न समेत हिन्दूत्वले मात्र सक्ने बताएका छन । नेपालका ४१ जिल्लाबाट १ सय ६४ जना युवाहरुको सहभागिता रहेको “संघ शिक्षा बर्ग” नाम दिइएको २० दिने प्रशिक्षणमा शारीरीक र प्राज्ञीक प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा नेपाल र भारतका गरी १६ जना प्रशिक्षकहरुको सहभागिता रहको थियो ।

प्रशिक्षार्थीहरुले आफूले सिकेको शारीरीक प्रशिक्षण समेत प्रर्दशन गरेका थिए । समापन समारोहका प्रमुख अतिथिको रुपमा सहभागी पूर्व प्रधानसेनापती कटुवालले हिन्दूत्वले मात्रै राष्ट्रीय स्वाधिनताको रक्षा र स्वाभिमान अक्षुण राख्न सक्ने बताए । हिन्दूत्व नेपालको धरातलीय यर्थाथता भएको बताउदै उनले हिन्दूत्वको शुरुवात र अन्त्य दुबै नभएको बताए । कार्यक्रममा पूर्वी उत्तरप्रदेशका क्षेत्रीय संघ प्रशासक शिवनारायण जीले हिन्दू स्वंयसेवक संघको आकाक्षा नेपाल हिन्दू राष्ट्रको गौरवका साथा खडा रहीरहोस भन्ने नै हो भने । कार्यक्रममा ब्यवसायी सुरेश रुङ्गटा राष्ट्रीय संघ संचालक हेम शर्मा आचार्य ,ध्रुब लुइटेल शिवनारायण चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । प्रशिक्षण बीरगंजको पशुपती शिक्षा मन्दीरमा भएको थियो भने समापन कार्यक्रम ठाकुरराम बहुमुखी क्याम्पसको शिक्षा संकायको मैदानमा भएको थियो ।