अधिकारीको “रानीघाट ”कथा संग्रह बिमोचीत

28

13487807_1409894792361147_877521218_n

बीरगन्ज, ४ असार – अमेरिकी प्राध्यापक बिश्वराज अधिकारीको कथा संग्रह “रानीघाट”को शनिवार एक कार्यक्रमकावीच बिमोचन गरिएको छ ।
काथा संग्रहको एभिन्यूज टेली भिजनका ब्यूरो प्रमुख राजु श्रेष्ठले बिमोचन गरेका हुन । सर्लाहीको छतौनामा जन्मिएर बीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका अधिकारी अमेरिका जानुपूर्व रानीघाटकै निवासी पनि हुन ।

अमेरिकामा बसेर रानीघाटकै परिवेशमा कथा संग्रह लेखेका अधिकारीले उ बेलाको रानीघाटको बान्कीलाई संग्रहमा सजीव रुपमा उतारेको वक्ताहरुको बताए । रानीघाटका माध्यमले मधेशको लोक कला संस्ृकतिको संरक्षणमा योगदान पु¥याएको भन्दै अधिकारीको योगदानको कदर गरिनु पर्ने ब्यूरो प्रमुख श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले देशको मायाँ सबैमा हुने बताए । सानो ठाउँलाई पनि विर्सन नसकेर विगत र वर्तमानका साथै मधेशी समाजकै चित्रण गरि कोरिएको पुस्तक निकै राम्रो रहेको उनको भनाई थियो । कथा संग्रह रानीघाट देशभरिकै सहित्य प्रेमिको लागि प्रेरणादायी रहेको श्रेष्ठले बताए ।

अमेरिकामा बजारशास्त्रको प्रध्यापक भई अध्यापन गराईरहेका अधिकारीको विश्व गिता, अन्तिम निर्णय, मिसिसिपीको किनार, मधुर मिलन, अभिनय, बहलिया सूर्य, आई वाज रङ्ग लगायत त्रिभिवन विश्वविद्यालयको पाठ्यक्रममा आधारित रहेका व्यवस्थापन र बजारशास्त्रका करिब एक दर्जन पुस्तक प्रकाशित भईसकेका छन् ।उनले बीरगंजबाट प्रकाशीत प्रतीक दैनीकमा पनि निरन्तर सतम्भ लेख्दै आएका छन ।
कार्यक्रममा पुर्व सभासद शोभाकर पराजुली, पत्रकार महेशचन्द्र गौतम, मयामितु न्यौपाने लगायतले आफ्नो मन्तव्य दिएका थिए । कार्यक्रमको सहजिकरण पत्रकार चन्द्र्रकिशोर झाले गरेका थिए ।