आफना मागहरुमा अहिंसालाई पनि राख्न मधेशीदलसंग पहाडीको अपिल

27

13453421_1409908229026470_560047359_o

बीरगन्ज, ४ असार – मानव अधिकार आन्दोलनका नेता कृष्ण पहाडीले मधेश केन्द्रीत दलका नेताहरुलाई सम्बिधान संशोधनको आफना मागमा प्रस्तावनामा अहिंसा शब्द उल्लेख गराउने गरि संशोधन प्रस्ताव राख्न आग्रह गरेका छन । उनले लामो राजनीतिक लडाईपछि प्राप्त लोकतान्त्रिक गणतन्त्रतात्मक ब्यवस्थामा पनि अहिंसालाई संस्थागत गर्ने दिशामा दलहरु गम्भिर नरहेको प्रति चिन्ता ब्यक्त गरे । उनले अहिसा सत्य हो शान्तिको सीढी हो भन्दै अहिंसा कमजोरी नभई तागत भएको र त्यसले तोडने नभइ जोडने काम गर्ने बताए । त्यसैलै उनले गम्भिर रुपमा मधेशी दलहरुसंग माग गरे आफ्ना मागमा अहिसांलाईै राख्नुहोस ।

उनले आन्दोलनमा कुनै पनि मानेमा मान्छे मारिनु उचित नभएको भन्दै दलका नेताहरुका कारण यस्तो अवस्था आएको बताए । ०६३ को मधेश आन्दोलन पनि बनेको सरकारसंग र सासदहरुसंग रोम बिधान पारित गर्नकालागि आफूहरुले गरेको आग्रह र आन्दोलनको सुनवाई नभएकै कारण आन्दोलनमा मान्छेहरु मारिएको उनले बताए । रोम बिधानलाई मुलुकले अनुमोदन गरेको भए मान्छे मार्नेहरु कानूनको दायरामा आउने बाध्यात्मक अवस्था रहन्थ्यो जसले गर्दा मान्छेको ज्यान जोगिन्थ्यो ।

उनले मधेशी दलहरुले यो मुद्धालाई त्यतीबेला गम्भिरता पूर्वक नलिएकोमा गुनसो समेत गरे । सत्तामा सबै गए तर ०६३ को मधेश आन्दोलनमा भएको धनजनको क्षतीको बारेमा अनुसन्धान भएन दोषीहरु दण्डीत भएनन । राज्यको चरित्र नै दमनकारी हुन्छ नेता पहाडीले भने त्यसलाई सन्तुलनमा ल्याउन जनताले नै भूमिका खेल्नु पर्ने बेला आएको छ ।

मानव अधिकार तथा शान्ति समाजले शनीवार बीरगंजको माइस्थान परिसरमा आयोजना गरेको स्वाभिमान सभालाई सम्बोदन गर्दै पहाडीले माओवादीको जनयुद्धकालमा उसले नाकाबन्दीको आव्हान ग¥यो त्यसको बिरुद्ध सडकमा आफू ओर्लीएको स्मरण गरे र उनले भने नाकाबन्दी मानवता बिरुद्धको अपराध हो त्यसको पक्षमा हुन सकिदैन ।

उनले अभिब्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकार भएपनि त्यसको नाममा घृणाको खेती गर्ने र नेपाल आमालाई अपमान गर्ने कुरा सहन गर्न सकिदैन । नेपाल आमाको जसले अपमान गर्छ त्यो गलत हो उनले भने जसले सहन्छ त्यो बहादुर हैन कायर हो ।

उनले नेपालका सन्दर्भमा भारतीय शासकको नीति ठीक नरहेको चर्चा गर्दै नागरिक स्तरको सम्बन्ध सदैव मजवुत रही रहने बताए । अहिलेको सरकार जनताप्रति उत्तरदायी नरहेको चर्चा गर्दै पहाडीले नेताहरुलाई नम्र र मिठो बोलन समेत आग्रह गरे । घृणा फैलीने गरि बोल्दा द्वण्द्व बढदै जान्छ आन्दोलनमा रहनेहरुले भोली देश चलाउछ्ु भन्ने सोचेर बोल्नुहोस देश चलाउनेहरुले सबै आफना हुन भन्ने सोच्नुहोस उनले भने ।

परमानन्द चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रभाकर गुप्ता,सदभावनाका केन्द्रीय सदस्य नेजामुदिन समानी ,मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष शशी कपुर मिया,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन अमर गौतमले गरेका थिए ।