एक हजार घर बनाइने छः संयोजक गुप्ता

30

बीरगन्ज, ४ असार – पर्साको क्षेत्र नं ३ बाट निर्वाचीत नेकपा एमालेका सभासद राजकुमारगुप्ताले एक वर्ष भित्रमा अति बिपन्न दलीत र मुस्लिम परिवारकालागि पक्की घर बनाइने बताएका छन । जनता आवास कार्यक्रम पर्साको संयोजक भएपछि उनको सम्मानमा शनिवार बीरगंजमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन ।

१ वर्ष भित्रमा ५ करोडको लागतमा अति बिपन्न दलीत तथा मुस्लिम समुदायका निम्ति घर बनाइने कार्यक्रम रहेको छ । नेपालको नया“ सम्बिधानले कसैलाई अवास बिहिन हुन नदिने नीति अनुरुप नेपाल सरकारले जनता आवस कार्यक्रमलाई निरन्तरता दिएको हो । यस अघि नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल प्रधानमंत्री हुदा यो कार्यक्रम लागू भएको थियो । सोही कार्यक्रमलाई अहिलेको सरकारले निरन्तरता दिएको हो । यस वर्ष यो योजना पर्सा जिल्लामा पनि लागू गरिएको र सोको संयोजकको जिम्मेवारी राजकुमार गुप्तालाई प्राप्त भएको छ ।

संयोजक गुप्तालाई शनिवार श्रीपुर नया“बस्ती स्थित उनकै निवासमा आज एमाले नेता तथा युवा संघ नेपालको टोलीलेले स्वागत अभिनन्दन गरेको हो । गुप्तालाई स्वागत अभिनन्दन गर्ने क्रममा एमाले पर्साका युवा नेता एवं राष्ट्रीय हित सुरक्षा विभागका सदस्य मनोज चौधरी, प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारी, पूर्व अध्यक्ष राघव साह, नारायणी उक्षेत्रीय अस्पताल व्यवस्थापन समिती सदस्य संतोष पासवान ,युवा संघ नेपालका केन्द्रीय सदस्य विकाश रौनियार, म.नेजाम, संजिव मिश्रा लगायतकाको सहभागिता रहेको थियो ।