संबिधान पुनःलेखन नगरे सम्म आन्दोलन नरोकिने : अध्यक्ष यादव

39

Pradip Yadav

वीरगंज, ४ असार – संघीय समाजवादी फोरम नेपाल वीरगंज उपमहानगरपालिका वडा नं. १४ मा ईकाई कमिटी गठन भएको छ । तत्कालिन ईकाई अध्यक्ष सुशिल पटेलको सभापतित्वमा सम्पन्न वडा भेला एवं ईकाई कमिटी पुनः गठन कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले सरकार र ठुला पार्टीले ल्याएको संबिधान मधेस बिरोधी रहेकोले पुनरलेखन नगरे सम्म आन्दोलन जारी रहने बताउनुभयो ।

प्रमुख अतिथी समेत रहेका यादवले अधिकार र पहिचानको लागि भईरहेको शान्तिपुर्ण आन्दोलनमा सरकारले देखाएको गैर जिम्मेवार रवैयाले गर्दा देश अन्योलमा फसेको बताउदै मधेसी ,आदिवासी,मुस्लिम ,दलित ,पिछडावर्ग लगायतको हक र अधिकार सुनिश्चित नभए सम्म आन्दोलन नरोकिने बताएका थिए । मतदानको बेला मधेसीको छोरा हुँ भनेर मत लिने तर मधेसी जनताले अधिकारका लागि लड्दा छाती र टाउकोमा गोली चल्दा नबोल्नु जस्ता बहुरुपियाहरु संग आउदा दिनमा सजग रहन सुझाव दिएका थिए ।

अधिकार र पहिचानबाट बञ्चित गरी पुनः परिर्वतनकारी शक्तिहरुलाई पाखा लगाई दास बनाउने चलखेल भईरहेको आरोप लगाएका थिए । वीउमनपा १४ मा प्रसन महतोको अध्यक्षतामा २१ सदसीय वडा ईकाई कमिटी पुनःगठन गरिएको छ । कमिटीको उपाध्यक्षमा उमा देवी, सचिव प्रेमचन्द्र ठाकुर,सहसचिव गोपाल तमाङ्ग,कोषाध्यक्ष प्रद्युमन गुप्ता, कार्य समिती सदस्यहरु शिव महतो, देवसुनर गिरी, मुन्ना देवी, रामनाथ शर्मा, बिरेन्द्र महतो, बिकास महतो, राजेन्द्र क्षेत्री , सुगरी महतो, जमुनी देवी, ताराचन्द्र माली, बिनोद साह कानु, ईस्लाम मियाँ,पन्नादेवी धानुक,सुनैना धानुक, ताराचन्द्र महतो , सुफज साह कानु, निरज साह लगायतका रहेका छन् ।

वडा समिती पुनः गठन कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल पर्सा क्षेत्र नं. १ का अध्यक्ष कामेश पंडित, क्षेत्र नं. २का अध्यक्ष बासुदेव यादव, वीरगंज नगर अध्यक्ष राजुदिनबाबु, संघीय प्रेस फोरमका केन्द्रिय सहकोषाध्यक्ष संतोष पटेल,संघीय समाजवादी फोरम नेपाल पर्सा जिल्ला सदस्य दिर्योधन महतो, सल्लाहकार भोट यादव,नगर सहकोषाध्यक्ष मोहन साह, सदस्य अमिका साह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघीय समाजवादी फोरम नेपाल वीरगंज नगर सचिव संतोष सर्राफले सहजीकरण एवं पुर्व जिल्ला सहसचिव अजय चौरसियाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।