ग्रिसमा आप्रवासी समस्या जटिल चुनौती: बान

    52

    ग्रिस, ५ असार – संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले ग्रिसको आप्रवासी समस्याबारे बुझ्न त्यहाँ पुग्नुभई ग्रिसका प्रधानमन्त्री अलेक्सिस सिप्राससँग शरणार्थी समस्या र यसले युरोपमा ल्याएको सङ्कट सम्बन्धमा कुराकानी गरेका छन् ।

    गएको १८ महिनामा ग्रिसका विभिन्न टापू भएर युरोप छिर्ने आप्रवासी तथा शरणार्थी करिब १० लाख पुगेका र सबैभन्दा बढी सिरियाबाट विस्थापित भएका छन् ।

    यसको ग्रिसमा प्रत्यक्ष असर भए पनि शरणार्थी समस्या समाधानमा ग्रिसले लिएको संयम, विवेकशील एवम् दूरदर्शी सोचको राष्ट्रसङ्घ प्रमुख बानले प्रशंसा गरे ।

    कर्जा सङ्कटबाट गुज्रिरहेको मुलुकमा शरणार्थीको ठूलो प्रवाह पर्दासमेत संयमित तरिकाले यसको समाधानका लागि ग्रिस सरकारले लिएको कदम सराहनीय छ, बानले भने ।

    बानले शनिबारै हजारौँ आप्रवासी शरणार्थी रहेका लेसवस तथा अन्य ग्रिक टापूहरुमा पुगी शरणार्थीका समस्याबारे जानकारी लिए ।

    राष्ट्र सङ्घको आँकडाअनुसार सन् २०१५ मा मात्रै करिब पाँच लाख शरणार्थी लेसवसको बाटो ग्रिस हुँदै विभिन्न युरोपेली मुलुकमा प्रवेश गरेका छन् । रासस/एएफपी