सुनको मुल्य ४ सयले बढ्यो

54

काठमाडौँ, ५ असार – साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ५७ हजारमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। अघिल्लो कारोबारमा प्रतितोला ७ सय ९५ रुपैयाँ रहेको चाँदी आज ८ सय रुपैयाँ कायम भएको छ।