सुपौलीमा सेवा केन्द्र बन्नु पर्छःकांग्रेस नेता गद्धी

37

बीरगंज, ५ असार – पोखरिया नगरपालिकामा सेवा केन्द्रको स्थपनाको माग गर्दै पोखरियाका नागरिक अगुवाले आइतवार पर्साका प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरेलाई ज्ञापन पत्र बुझाएका छन । उनीहरुले २०४८ साल देखी २०५२ साल सम्म इलाका प्रशासन कार्यालय मार्फत सेवा प्रवाह भएको पोखरियामा सरकारी निकायका कार्यालयहरुको बिस्तार गरि सेवा दिनु पर्ने माग गरेका छन ।

सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पोखरियाका जनतालाई सेवा दिने भन्दा पनि सास्ती दिएको उनीहरुले ज्ञापन पत्रमा उल्लेख गरेका छन शंकर राउत अहिरको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको थियो । पोखरियाको आर्थिक सामाजिक र सास्कृतिक राजनीतिक पक्षलाई कमजोर पार्न सत्तारुढ दलका मान्छेहरु लागेको भन्दै जनतालाई भूलभूलैयामा पारेर राजनीति खेल नखेल्न समेत ज्ञापन मार्फत चेतावनी दिइएको छ । त्यस्तै पूर्व सभासद रामेश्वर रौनियारको नेतृत्वमा गएको टोलीले पनि पोखरियामा सेवा केन्द्र स्थापनाको माग गरेको छ ।

पर्साको क्षेत्र नं ५ को सुपौलीमा सेवाकेन्द्र स्थापना गर्ने सरकारी निर्णय पछि त्यसको बिरोध गर्दै पोखरियामा सेवाकेन्द्र खोल्ने माग गरिएको हो । नेपाली कांग्रेसका नेता सहरुम राउत गद्धीले भने सुगौलीमा स्थापना हुन लागेको सेवा केन्द्रको बिरोध गर्नु भनेको आफनो बैद्धिक दिवालीयापान देखाउनु बाहेक केही नभएको बताए । उनले सुपौलीमा सेवा केन्द्र स्थापना हुनु राम्रो हो माग गर्नेहरुले पनि त्यसको बिरोध हैन सर्मथन गरेर अन्य ठाउमा पनि सेवा बिस्तारको माग गर्नु पर्ने राउतको राय छ । अरु बेला काहा के भयो चाल नपाउने अनेकौ लवीङ गरेर सुपौली र त्यस क्षेत्रका जनताको सेवाकालागि सेवाकेन्द्र स्थापना हुने कुरा सुन्ने बित्तिकै बिरोधमा उत्रिने लोभीपापी चिन्तनले उभो नलागिने तथ्यलाई ध्यान दिनु पर्ने एक जना बिज्ञको राय छ ।