दोस्रो अन्तराष्ट्रीय योग दिवस बीरगंजमा मनाइयो

33

Screen Shot 2016-06-21 at 4.47.39 PM

बीरगंज ७ असार – दोश्रो अन्तराष्ट्रीय योगा दिवसका अवसरमा बीरगंजमा पनि बिभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन ।
बीरगंजको आर्दशनगरको मुख्य सडकमा सवारी आवागमन रोकेर योग दिवस मनाइएको थियो । उक्त कार्यक्रममा बीरगंजका लब्ध प्रतिष्ठिीत उधोगी ब्यापारी र नागरिक समाजका प्रवुद्ध ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका लागि आर्दशनगरको सडक बिहान २ घण्टाकालागि सडक पुरै कब्जा गरिएको थियो । त्यस्तै होटेल भिषूवामा भारती बाणिज्यदुतावासको आयोजनामा योग दिवसको अवसरमा कार्यक्रम भएको थियो । कार्यक्रममा दुतावासका कर्मचारी र बीरगंजका लब्ध प्रतिष्ठित ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

भारतको प्रस्तावमा दुई वर्ष अघिदेखि संयुक्त राष्ट्रसंघले अन्तर्रा्ष्ट्रिय योग दिवस मनाउन थालेको हो ।

2580a5ab-0928-443f-abc1-e7832ac00609

बीरगंज रानीघाटस्थित जीवन ज्योती माध्यमिक बिद्यालयले पनि एक दिने योग शिविर संचालन गरेको छ । शिविरमा कक्षा ६ देखी कक्षा १० सम्मका बिद्यार्थीहरुको सहभागीता रहेको थियो । जीवन ज्योती माध्यमिक बिद्यालयका प्रधानाध्यापक शिव प्रसाद गुप्ताले शविरको उद्घाटन गरेका थिए । शिविरमा सहभागी बिद्यार्थी तथा शिक्षकहरुलाई पतंजली योग समिति पर्साका योग प्रशिक्षक राजेश कुमार गुप्ता, जगदीश शाह कानु र शारदा देबीले योगको महत्व, योगका परिचय तथा योगको बिभिन्न आसनका बारेमा जानकारी दिए । योगको निरन्तर अभ्यासले निरोगी र स्वस्थ रहने प्रशिक्षकले जानकारी दिएको शिक्षक उज्वल घिमिरेले बताए ।