बलात्कार गरेको आरोपमा मोलवी हिरासतमा

31

बीरगंज ७ असार – जिल्ला प्रहरी कार्यालय पर्साले जर्वजस्ती करणी गरेको आरोपमा धोवीनी गाविस वडा नं २ निवासी २८ वर्षिय ताहिर हुसेनलाई गिरफतार गरेको छ । उनलाई प्रहरीले असार ४ गते बिश्रामपुरमा रहेको मदरसाबाट फिरफतार गरेको हो । उनले मदरसामै अध्ययनरत सोही ठाउ निवासी १५ वर्षिया छात्रा “महुवन ए ” लाई बीगत तीन महिनादेखी बलात्कार गरेको आरोपमा उनी बिरुद्ध प्रहरीले असार ६ गते मुद्धा दर्ता गरेको छ ।

बिश्रामपुरमा रहेको निलसाहुल अलुम मदरसामा मोलवीको रुपमा अध्यापन गराउने हुसेनले ति वालीकालाई सरकारी जागीर लगाई दिने प्रलोभन देखाएर जर्वजस्ती गर्दै आएका हुन । मदरसामा नेपाल सरकारको तर्फबाट दिइने शिक्षकको कोटामा नियुक्ति दिलाई दिने बिवाह गरेर राख्ने प्रलोभनमा पारेर तीन महिना देखी बलात्कार गरेको पीडित पक्षले बताएका छन । प्रहरीले पर्सा जिल्ला अदालतबाट म्याद थप गरि हुसेनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।