अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा

55

Kopa-america-cup-3

काठमाडौँ, ८ असार – १४ पटकसम्म कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान टेक्सासमा भएको सेमिफाइनलमा आयोजक अमेरिकालाई ४–० ले हराएर अर्जेन्टिनाले फाइनलमा प्रवेशमा गरेकाे हाे । अर्जेन्टिनाले सन् १९९३ पछि उपाधि जित्न काेपा अमेरिका उपाधी जित्न सकेकाे छैन् ।

खेलकाे तेस्रो मिनेटमा नै लाभेजीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए । ३२ औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमा २–० को अग्रता लियो । अमेरिकामाथि हाबी भएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । ५० र ८६ औं मिनेटमा गरी हेगुइनले दुई गोल गरेर ४–० को प्रभावशाली जित दिलाए ।

क्वाटरफाइनलमा अमेरिले इक्वेडरलाई २–१ हराएर सेमिफाइनल पुगेकाे थियाे । यस्तै अर्जेन्टिनाले भेनेजुएलालाई ४–१ हराएको थियो । कोपा अमेरिकाको इतिहासमा अर्जेन्टिना र अमेरिकाबिचको यो तेस्रो खेल हो । यसअघि सन् १९९५ मा अमेरिकाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । त्यसपछि सन् २००७ मा भएको खेलमा भने अमेरिका अर्जेन्टिनासँग ४–१ ले हारेको थियो ।

अर्जेन्टिनाले अब उपाधिका लागि बिहीबार बिहान हुने चिली र कोलम्बियाबिचको खेलको विजेतासँग खेल्ने छ ।