एनसेलको ‘डे भ्वाइस प्याक’

54

काठमाडौँ, ८ असार – एनसेलले बुधबारदेखि ‘डे भ्वाइस प्याक’ ल्याएको छ । एनसेलको प्रिपेड ग्राहकले अब ३० मिनेट अन–नेट टक टाइम करसहित मात्र ८ रुपैयाँमा खरिद गर्न सक्ने एनसेलले जनाएको छ ।

यो प्याकको सुविधा बिहान ५ बजेदेखि बेलुका ५ सम्ममा लागु हुनेछ । प्याक सुरु भएपछि करसहित मात्र २७ पैसाप्रति मिनेटमा एनसेलको अन्य कुनै पनि नम्बरमा कुरा गर्न सकिन्छ ।

यस्तै एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ ह्यास डायल गरी यो प्याक सुचारु गरी योजना अन्र्तगतको सुविधाको लाभ लिन सक्छने छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो प्याक लिन सक्छन् र पछिल्लो पटक सुचारु प्याकको आधारमा समयावधि थपिनेछ ।

‘आफ्ना प्रिपेड ग्राहकका लागि करसहित मात्र २७ पैसाप्रति मिनेटको दरमा एनसेलको अन्य नम्बरमा कल गर्न सकिने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माको भनाई छ । प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ ।

सेवाग्राहीले एस्ट्रिक्स ९०१ ह्यास डायल गरी आफ्नो बाँकी टक टाइमको जानकारी लिन सक्छनेछन् । यो योजना ९० दिनको लागी लागु हुनेछ ।

यस अघि ल्याइएको दैनिक र साप्ताहिक भ्वाइस प्याकलाई पनि एनसेलले स्थायी बनाएको छ । जसअन्तर्गत ग्राहकले दैनिक भ्वाइस प्याकमा करसहित एक रुपैयाँ र साप्ताहिक भ्वाइस प्याकमा कर सहित ८६ पैसा प्रति मिनेटमा कुरा गर्न सक्छने एनसेलले जनाएको छ ।