काबुलबाट १२ नेपालीकाे शव लिएर विमान फर्कियो

29

काठमाडौँ, ८ असार – अफगानिस्ताको राजधानी काबुलमा भएको विष्फोटमा परी निधन भएका १२ नेपालीको शव लिएर नेपाल वायुसेवा निगमको जहाज त्रिवुभवन विमानस्थलमा अवतरण गरेको छ । विमान २ः ४५ मा अवतरण गरेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

शव बुझ्ने प्रधानमन्त्री केपी ओली, गृहमन्त्री र मृतकका आफन्तहरु विमानस्थल पुगेका छन् । सोमबार काबुलमा भएको विष्फोटमा १२ नेपालीको निधन भएको थियो भने ७ जना घाइते भएका थिए । मृतकप्रति श्रद्धान्जली प्रकट गर्न समामी अर्पणको तयारी छ ।

एयरबस ३२०–२३३ सो जहाजमा अफगानिस्तानबाट नेपाल फर्किन चाहने अन्य नेपालीलाई निःशुल्क ल्याउने व्यवस्था गरिएको थियो।  पाकिस्तानका लागि कार्यवाहक नेपाली राजदूत तीर्थराज अर्यालले अफगानिस्तान पुगेर सो कार्यका लागि संयोजन गरिरहेका छन्।

यसैबीच काबुल आक्रमणमा घाइते भएका थप पाँच नेपालीलाई बुधबार भारतको नयाँदिल्ली लगिएको छ।

एयरपोर्टमा बिमान ल्याण्ड भएपछि मृतकहरूको शव पोष्ट मार्स्टमका लागि शिक्षण अस्पताल लगिने भएको छ। त्यसपछि सबैको शव ल्याएपछि मृतकका परिवारको इच्छाअनुसार काठमाडौँमा हस्तान्तरण गर्ने वा जिल्लामा पुर्‍यायाइदिने व्यवस्थासमेत गृह मन्त्रालयमार्फत भएको छ।