काबुल घटना कायरतापूर्ण : प्रधानमन्त्री ओली

40
timthumb (3)
काबुलमा मारिएका युवाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रम कमल थापा ।

काठमाडौँ, ८ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले काबुल घटनालाई कायरतापूर्णको संज्ञा दिएको छ। तालिबानको आक्रमणमा सोमबार मारिएका नेपालीहरुको शव बुझ्न बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले तालिवानको नेपालीसँग कुनै साइनो र द्वेष नरहेको भन्दै निर्दोष मारिएको भन्दै यस्तो घटनालाई कायरतापूर्ण बताएका छन्।

शव राखिएका कफिनमाथि माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले अत्यन्तै कायरतपूर्ण ढंगले भएको हत्या घटनाप्रति सिंगो नेपाल दुखी रहेको बताए। उनले मृतक परिवारजनप्रति समवेदन समेत प्रकट गरे ।

मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न विमानस्थलमा प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही पनि विमानस्थल पुगेका थिए।