जातीय भेदभाव विरुद्ध तमलोपाको संकल्प प्रस्ताव पारित

31

Terai_madhesh_Democretic_party

नवलपरासी, ८ असार – मधेशमा रहेको जातीय भेदभाव विरुद्ध तराई–मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)ले संकल्प प्रस्ताव पारित गरेको छ ।

नवलपरासीको रामग्राममा जारी महाधिवेशनको बन्द सत्र अन्तरगत मंगलबार राती तमलोपाले मधेशमा रहेको जातीय तथा लैंगिकसहितका विभिन्न भेदभावका विरुद्ध संकल्प प्रस्ताव पारित गरेको हो ।

महाधिवेशन आयोजक मुल समितिका सदस्य सुरेश मण्डलले मधेशमा रहेका जातीयसहित विभिन्न भेदभाव अन्त्य गर्ने प्रतिवद्धतासहित संकल्प प्रस्ताव पारित भएको बताए ।

मण्डलका अनुसार मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुप्रति शोकप्रस्ताव समेत तमलोपाले पारित गरेको छ । मंगलबार राती नै पार्टीको विधान, राजनीतिक दस्ताबेज र नीति तथा कार्यक्रमहरु पारित भएको उनले बताए ।

हाल मधेशमा अधिकारकर्मीहरुले जातीय तथा अन्य भेदभावका विरुद्ध क्षमा याचना अभियान चलाएका छन् । उक्त अभियानलाई समर्थन हुने गरी तमलोपाले संकल्प प्रस्ताव पारित गरेको नेताहरुले बताएका छन् ।