टी – २० क्रिकेट टुर्नामेन्ट शुरु, उद्घाटन खेलमा मधवाहा बिजयी

140

13521100_1413097245374235_1528905370_n

वीरगज, ८ असार – पर्साको गाबिस वैरिया बिर्तामा जिल्ला स्तरीय टी – २० क्रिकेट टुर्नामेन्टको नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलले उद्घाटन गरे। पटेलले खेलकुदबाट समाज र राष्ट्रको पहिचान जोडिएकोले यसको संरक्षण एवं संवद्धन गर्नुपर्ने बताए ।

खेलकुदमा सरकारी स्तरबाट गतिलो तरिकाले कार्य नभएकोमा दुखः व्यक्त गर्दै पर्सा जिल्लामा खेलकुदका संरचनाहरु ओल्झेलमा पर्दै गएको बताए । गाबिस वैरिया बिर्ता वडा नं. ७ ध्यानसिंह पिपरामा सुरु गरिएको टी – २० क्रिकेट टुर्नामेन्टमा जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको छ ।

उद्घाटन खेलमा चिनीमिल पिपरालाई मधुवाहाले २४ रनले पराजित गरेको छ । मधुवाहाले पहिलो व्याटिङ्ग गर्दै निर्धारित २० ओभरको खेलमा सवे विकेट गुमाई ८९ रन बनाएको थियो भने जवाफी व्याटिङ्ग गर्दै चिनीमिल पिपराले १५ ओभरमा सवै विकेट गुमाई ६५ रनमा अल आउट भएको थियो । खेलको मधुवाहाका दिपनारायण सहनीले ३४ रन बनाई ३ विकेट लिएर म्यान अफ दि म्याच भएका थिए ।

टुर्नामेन्टमा नगवा,श्रीपुर, ड्राईपोर्ट श्रीसिया,रानीगंज रहरीया, अपौनी, चौकिया बैरिया ,निचुटा , औराहा ,ईगल धमाका ,रानीघाट ,प्रसौनी,छतवा वरैनिया,धोवनी,खुटुवा प्रसौनी लगायतको क्रिकेट टिमहरुकोसहभागीता रहेको छ । हरेक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई मोबाईल प्रदान गरिने आयोजक संस्थाका उपाध्यक्ष रामेश्वर पटेलले बताए ।

उद्घाटन समाराहमा गाबिस सचिव रामगोबिन्द साह,स्थानीय अगुवा सुनील पटेल, युगल प्रसाद सिंह, संघीय प्रेस फोरमका केन्द्रिय सहकोषाध्यक्ष संतोष पटेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । श्री बहुद्रामाई पिपरा क्रिकेट क्लबका अध्यक्ष राजकिसोर पटलको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव राजिव कमारले सहजीकरण गरेका थिए ।