तमलोपाको अध्यक्ष फेरि ठाकुर बन्ने

33
फाइल तस्बिर
फाइल तस्बिर

नवलपरासी, ८ असार – तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को अध्यक्ष फेरि पनि महन्त ठाकुर बन्ने भएका छन् । ठाकुरालाई सर्वसम्मत बनाउन नेताहरु सहमत भएका छन् । प्रथम राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया भने आजदेखि सुरु हुने भएको छ ।

ध्यक्षसहित उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री र सदस्यहरु समेतमा प्रतिस्पर्धा हुने सम्भावना बढेको छ ।

बरिष्ठ उपाध्यक्षमा अहिलेसम्म वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले मात्र इच्छा जाहेर गरेका छन् र, उनी सर्वसम्मत हुने सम्भावना छ ।

बाँकी दुई उपाध्यक्षका लागि वृषेशचन्द्र लाल, महामन्त्री तथा पार्टी प्रवक्ता सर्वेन्द्रनाथ शुक्ला र महामन्त्री जितेन्द्र सोनालबीच प्रतिस्पर्धा हुने देखिएको छ । महामन्त्री पदका लागि वृजेश गुप्ता, उमाकान्त झा, जंगिलाल यादव र तराई मधेश महिला संघकी राष्ट्रिय अध्यक्ष चन्दा चौधरीले दाबेदारी प्रस्तुत गरेका छन् ।

सहमहामन्त्रीका लागि सुरेश मण्डल, राजेन्द्र शाह, कृष्णा सिंह, अन्जु गुप्ता, पुष्पा ठाकुर, र जेपी ठाकुर गरी ६ जना उम्मेदवार देखिएका छन् भने पश्चिमबाट पशुपति दयाल मिश्र र ईश्वरी दयाल मिश्रले दाबी गरेका छन् ।