तमलोपा महाधिवेशन : वरिष्ठ उपाध्यक्षमा त्रिपाठी र उपाध्यक्षमा वृषेशचन्द्र लाल निर्वाचित

37
फाइल तस्बिर
फाइल तस्बिर

नवलपरासी, ८ असार – तराई मधेश लोकतान्त्रिक पार्टीको नवलपरासीको रामग्राममा जारी पहिलो महाधिवेशनको क्रममा भइरहेको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा हृदयेश त्रिपाठी र उपाध्यक्ष पदमा वृषेशचन्द्र लाल निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षका प्रत्याशी वीपी यादव र उपाध्यक्ष पदका प्रत्याशी शंकरलाल चौधरीले उम्मेदवारी फिर्ता लिएपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । महामन्त्री पदका प्रत्याशी चन्दा चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् ।

अन्य उम्मेदवारहरुबीच सहमति बनाएर उम्मेदवारी फिर्ता लिने प्रयास भइरहेको नेपाल मधेशी निजामती कर्मचारी मञ्चका उपाध्यक्ष सुजीतकुमार झाले बताएका छन् ।