सुनको मुल्य ३ सय रुपैयाँले घट्यो

58

काठमाडौँ, ८ असार – सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँले सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ५६ हजार ८ सय रुपैयाँ रहेको सुन आज ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँ घटेको छ। बुधबार प्रतितोला ७ सय ९५ रुपैयाँमा चाँदीको कारोबार भएको छ।

यसअघि हिजो चाँदीको मूल्य ८ सय रुपैयाँ थियो। विगत १ सातादेखि सुनचाँदीको मूल्यमा ठूलो उतारचढाव देखिएको छैन।