कंगनाले भनिन्, ‘सलमानको सोचाई असामाजिक’

83

salman-kangana.jpg

मुम्बई, ९ असार – बलिउड अभिनेत्री  कंगना रानावतले सुपरस्टार सलमान खानको विवादास्पद टिप्पणीको निन्दा गरेकी छन् । सलमानले चलचित्र  सुल्तान सुटिङको क्रममा, उनि सुटिङ पछि एक बलात्कृत महिला जस्तो महसूस गर्ने गरेको कथन गरेका थिए ।

‘चलचित्र ‘कृति’को प्रीमियर पुगेकी कंगना सो टिप्पणी गरेकी हुन् । उनले, ‘हामि सबै मान्दछौ की यो निकै सम्वेदनहीन विषय हो , तर म भन्न चाहान्छु कि हामि एक- अर्को माथि औला उठाउने मानसिकतालाई प्रोतसाहान गर्दैछौ ।’

कंगनाले भनिन् , ‘समाजीक रुपमा हामिले यसको जिम्मेवारी लिनु पर्दछ र एकजुट हुनु पर्दछ । यो समाजको लागि अपमानजनक विषय हो, कुनै सिमित व्यक्तिको लागि होइन ।’ कंगनाले थपिन् , ‘त्यो सोचाइको लागि हामि सबै मिलेर माफी मागौ ।’