कोपा अमेरिकाको फाइनलमा चिली र अर्जेन्टिनाको भिडदै

73

Kopa-america-cup-3

काठमाडौँ, ९ असार – कोलम्बियालाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा चिलीले अब अर्जेन्टिनाको सामना गर्नेछ । अघिल्लो संस्करणमा पनि दुवै टोली फाइनलमा पुगेका थिए ।

जसमा अर्जेन्टिनालाई पराजित गर्दै चिली च्याम्पियन बनेको थियो । डिफेन्डिङ च्याम्पियनका लागि खेलको शुरुवातमै चाल्र्स अरांगुएज र होजे फुएनजालिडाले एक–एक गोल गरेका छन् । दुवैले चार मिनेटको अन्तरालमा गोल गरेका थिए । यो नै निर्णायक बन्न पुग्यो । खेलमा त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफमा कोलम्बिया १० खेलाडीमा सिमित बनेको थियो ।

पहिलो हाफको अन्त्यपछि खेल हुरी र चट्याङका कारण कम्तिमा केही समयका लागि स्थगित गरिएको थियो । पहिलो हाफको अन्त्यपछि मौसममा आएको खराबीसँगै खेल स्थगित गर्नुपरेको थियो ।