प्रचारको भोको “सानो पाइला”

64

13530398_1413976071953019_2022305572_n

वीरगन्ज ९ असार – “अरुले तपाई भन्नु काहा छ काहा आफै मपाई” भन्ने प्रवृति समाजमा भएरै हुनु पर्छ यस्ता लोकोक्त्तीहरु पनि सृजना भएका हुन । अहिले पनि समाजमा यस्तो प्रवृत जीवीतै छ । समाज सेवामा हिडेका ब्यक्ति र संस्थाहरुमा यस्तो प्रवृति देखा पर्नुलाई राम्रो मान्न सकिदैन ।

प्रसङ नेपाल प्रहरी र शसस्त्र प्रहरी वीच असार ७ गते बीरगंजको आदर्शनगर रंगशालामा भएको मैत्रीपूर्ण भलिवल प्रतियोगिताको अवसरको हो । दुबै प्रहरी संगठनको जिल्ला कार्यालय र जिल्ला स्तरीय भलिवल सघको आयोजनामा दुबै संगठनको केन्द्रीय भलीवल टीमकावीचमा मैत्रीपूर्ण प्रतियोगिताको आयोजना भएको थियो । प्रतियोगितामा नेपाल सरकारका गृहमंत्री शक्ति बहादु बस्नेत , नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका प्रमुख दोर्ज कुमार राईको समेत सहभागिता रहेको थियो । प्रतियोगिता नेपाल भलिवल संघ र दुवै प्रहरी संगठनको जिल्लाको संयोजनमा भएको थियो ।

तर आयोजकहरुले अचम्म त त्यतीखेर माने जव दुबै संगठनको महत्वपूर्ण र मैत्रीपूर्ण भलिवल प्रतियोगिता आयोजनामा साझेदार हुन पाएको भन्दै गैरसरकारी संस्था सानो पाइलाले सामाजिक संजाल मार्फत सार्वजनीक गर्यो ।

13521623_10206384141706493_341741552_n

प्रतियोगिता सकिएको २४ घण्टा पछि सानो पाइलाले प्रतियोगिता स्थलमा टासिएको आफ्नो संस्थाको ब्यानर सहित आफू साझेदार हुन पाएकोमा गौरवान्वीत महशुस गदछौ भनेर टुइटर र फेसबुकमा पोष्ट गरेको छ । सानो पाइलाका जिम्मेवार ब्यक्ति रौनकराज सर्राफले आफनो संस्थाले पार्टनरसीप गरेको बताए । भलिवल संघका अध्यक्ष फिरोज र सानो पाइलावीच अन्य कार्यक्रमहरुमा पनि सहकार्य भईराखेको हुन्छ त्यही क्रममा यस पटक पनि सहकार्य भएको उनले बताए ।

संघका अध्यक्षले ब्यानर राख्न लगाएर सहकार्य गरेको उनको भनाई थियो । प्रतियोगिताको आयोजनाको बारेमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक होमेन्द्र बोगटीले भने सानो पाइला नामको संस्थाको प्रतियोगिताको आयोजनामा कुनै सहभागीता र संलग्नता नरहेको प्रष्ट पारे । सानो पाइलाले आफू साझेदार भएको कुरा टुइट मार्फत नेपाल प्रहरीको प्रधान कार्यालयलाई समेत ट्याग गरेको छ ।

सानो पाइलाको यो कामलाई प्रहरीको केन्द्रीय टीमवीच भएको प्रतियोगितामा साझेदार भएको कुरा सामाजिक संजाल मार्फत प्रचार गरेर दाताहरुलाई लोभ्याउन खोजिएको अर्थमा समेत चर्चा हुन थालेको छ । प्रतियोगिता सकिएको २४ घण्टापछि गरिएको पोष्टले प्रतियोगिता आयोजनाको स्वामित्व लिने सानो पाइलाको चाहनामा ठेस पुग्ने भएको छ । स्वयं प्रतियोगितामा सहभागी दुबै संगठनले भलिवल संघ बाहेक अन्य कोहीसंग सहकार्य र साझेदारी नभएको प्रष्ट पारेको छ । तर सानो पाइलाको यो कामलाई निम्न स्तरको हरकत भन्दै जता जोडिएर भएपनि प्रचार गर्ने र दाताहरुलाई प्रभावमा पार्ने हतकण्डाको रुपमा बुझन थालिएको छ ।