सुनको भाउ घट्यो

49

काठमाडौँ, ९ असार – सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले घटेको छ । सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको भाउ पनि घटेको छ । तोलामा पाँच रुपैयाँले घटेर चाँदी सात सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । सुन चाँदीको भाउमा आएको उतारचढावले कारोबार प्रभावित भएको सुन व्यासायीले बताएका छन् ।