सुन्दर देखिन नियमित सेवन गर्नुहोस यस्ता चिज

72

beautiful-girl-hd-faces-3

काठमाडौँ, ९ असार – हरेक मान्छेलाई सुन्दर देखिने मन हुन्छ । अनुहारको छालालाई सौन्दर्यको प्रतिक मानिन्छ । अनुहारको छाला चम्किलो बनाउन धेरैले धेरैथरीका उपाय अपनाउँने गरेका छन् । सुन्दर देखिन थुप्रै खर्च गर्ने मानिस पनि थुप्रै छन् । तर, छाला शरीरकै अंग भएकाले बाहिरी कुराले भन्दा खानेकुराका कारण छाला प्रभावित हुन्छ । छाला स्वस्थ सुन्दर बनाउन के खाने ?

अमला, कागती र भेडेखुर्सानी
भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ । अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी पाइने खानामा जोड दिनुपर्छ ।

गाँजर, बदाम र सूर्यमुखी फूलको बियाँ
बेटा क्यारोटिन नामक तत्वले छालालाई जवान र स्वस्थ राख्ने कोषिकाहरू उत्पन्न गर्न मद्दत गर्छ । गाजर, सूर्यमुखी फुलको बियाँ, बदाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ ।

सी फूड, गेडागुडी र प्याज
जिंकले शरीरका कोषिकालाई हुर्काउन, बढाउन मद्दत गर्छ । यस्ता कोषिकाले छालालाई जवान र आकर्षक बनाउँछन् । सी–फुड, गेडागुडी र प्याज खानु छालाको स्वास्थका निम्ति फाइदाजनक हुन्छ ।

ओखर र सोयाबिन
ओमेगा–३ फ्याट्टी एसिडलगायत तत्वले छालालाई सुक्खा हुन दिँदैन । यस्तो फ्याट शरीर आफैँले उत्पादन गर्न नसक्ने भएकाले यो पाइने खाना खानुपर्छ । यस्ता खानाले छालाको सुक्खापन कम हुँदै जान्छ । ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेल आदि बेला–बेला खानुपर्छ ।