हप्तामा एक लाख पचास हजार चल्ला उत्पादन हुने

33

13515343_1414001405283819_343620776_n

वीरगंज ९ असार – पर्सा जिल्लामा व्यवसायिक कुखुरा पालनलाई अगाडी बढाउन झण्डै १८ करोड भन्दा बढीको लगानीमा वीरगंजको अलौमा शिवम् हयाचरी एण्ड फिड इण्डष्ट्रीज प्रा.लि. स्थापना गरिएको छ । वीरगंज उपमहानगरपालिका वडा नम्बर २० अलौमा स्थापित इण्डष्ट्रीजले अहिले हप्तामा दुई पटक २४÷२४ हजार गरी ४८ हजार कुखुराको चल्ला उत्पादन शुरु गरेको छ ।

कम्पनीले हप्तामा १ लाख ५० हजार सम्म चल्ला उत्पादन गर्ने लक्ष्य लिएको संचालक सरिफ अहमदले बताए । भारीय प्रतिवन्धीत कुखुराको चल्लाको आयात रोक्न र उपभोक्ताको हित प्रवैद्धन गर्न आफूहरुले लगानी गरेको उनले बताए । कम्पनीले कुखुरा पालन ब्यवसायलाई बारा पर्सामा ब्यवसायीक रुपमा अगाडि बढाउन खोजेको छ ।

कम्पनीले कृषकहरुलाई सहज मुल्यमा गुणस्तरीय चल्ला संगै दाना र कुखुरामा लाग्ने रोगका बारेमा उपचार गर्ने औषधी सहित चिकित्सकको समेत व्यवस्था गरेको छ । कम्पनीले शुरु गरेको यो सेवाबाट वारा, पर्साका किसानहरु लाभान्वित हुने अर्का संचालक शिवजी साहले बताए ।
यसैगरी कुखुरा पालन गरेका किसानहरुलाई कुनै क्षति नपुगोस भन्ने उद्देश्यले फारम तथा कुखुराको विमा गर्ने व्यवस्था समेत मिलाईएको र यसबाट गत चैत, बैशाखमा आएको आंधी हुरीले कुखुरा फारम भत्किएर कुखुरा मरेका किसानहरुलाई विमा मार्फत क्षतिपूर्ति उपलब्ध गराउन लागेको संचालक सरिफ अहमदले जानकारी दिए ।

उनले आर्थिक अवस्था निम्न भएका किसानहरुलाई बैंक मार्फत कुखुरा पाल्नका लागि आवश्यक ऋण दिने व्यवस्था समेत कम्पनीले गरेको बताए । हाल वारा, पर्सा जिल्लामा अबैध रुपमा भारतबाट भिœयाईने गुणस्तरहीन कुखुराको चल्लाका कारण किसानहरुले दुःख व्यहोर्दै आएको र लगानी अनुसारको मुल्य नपाउदा व्यवसायबाट पलायन हुने अवस्था सृजना भईरहेको बेला शिवम् हयाचरी एण्ड फिड इण्डष्ट्रीज प्रा.लि.ले ल्याएको आकर्षक योजनाले किसानहरुमा कुखुरा पालन ब्यवसाय तर्फ रुची जगाएको पर्साका कुखुरा पालक किसानहरुले बताएका छन् ।