कांग्रेसले दोस्रो दिन पनि गर्यो संसद अवरोध

50

Parliament

काठमाडौ, १० असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ब्यवस्थापिका संसदको बैठक शुक्रबार दोस्रो दिन पनि अवरोध गरेको छ । ब्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७३/७४ को बजेट पेश गरिएपछि कांग्रेसले विभिन्न विभिन्न कारणमा सदनमा अवरोध गर्दै आएको छ ।

सरकारले १४ महिनाअघि गएको भूकम्पका पीडितलाई अझै पनि ब्यवस्थापन गर्न नसकेको भन्दै कांग्रेसले आज दोस्रो दिन पनि सदन अवरोध गरेको हो । बैठकको सुरुमै कांग्रेसका सांसदहरुले भूकम्पपीडितको राहत तथा पुनःस्थापनामा सरकारले वेवास्ता गरेको भन्दै संसद अवरुद्ध गरेका हुन् ।

विहीबार प्रधानमन्त्रीले जवाफ नदिँदासम्म सदन चल्न नदिने बताएको कांग्रेसले शुक्रबार प्रधानमन्त्री बोल्न जाँदा समेत सदन चल्न दिएन ।

यसअघि बजेट सदनमा प्रस्तुत गर्नुअघि नै पत्रपत्रिकामार्फत सार्वजनिक गरिएको भन्दै अवरोध गरेपछि कांग्रेस सांसदकै अध्यक्षतामा छानबिन समिति बनाइएको थियो । छानबिन र सुझाव दिन भन्दै रमेश लेखकको संयोजकत्वमा ८ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो ।

विभिन्न विषयमा सदनमा सशक्त ढंगले प्रस्तुत हुने रणनीति अपनाएको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विहीबारदेखि पुनः सदन अवरोध थालेको छ ।