जुत्ताको माला लगाउनेलाई राजनीतिक दलहरुको सलामी

78
पिडित शिवपुजन साहलाई गत बुधबार जुत्ताको माला लगाएर गाउँ घुमौना लागिएको थियो

13521664_1414947371855889_1673829768_nबीरगंज १० असार –

गाउँका ६४ वर्षिय बृद्धलाई जुत्ताको माला लगाएर अपमान गर्नेहरुलाई कारवाही गर्ने प्रहरीको कामको देश हाँक्ने राजनीतिक दलका नेताहरुले बिरोध गरेका छन । सभ्य समाजलाई लज्जीत तुल्याउने गरि निर्दोष अभिभावकलाई जुत्ताको माला लगाउन फरमान जारी गर्नेहरु प्रहरीको खोरमा छन । उनीहरुलाई प्रहरीले सार्वजनीक अपराध अन्र्तगत मुद्धा चलाएको छ । राजनीतिक दलका स्थानीय
नेताहरुले यस्तो कामकोलागि प्रहरीलाई स्यावासी दिनु पर्नेमा अपराध गर्नेहरुलाई छोड
न दवाव दिइरहेका छन । बीरगंज उपमहानगरपालिका २१ भवानीपुरका ६४ वर्षिय शिवपुजन साहलाई जुत्ताको माला लगाइदिएर गाउँ घुमाउने कामको अगुवाई गर्ने सोही ठाउका पूर्व अध्यक्ष शिवशंकर पटेल र ब्रम्हदेव पटेल तथा चौकीदार सुरेन्द्र पासवानलाई प्रहरीले गिरफतार गरि असार ९ गते सार्वजनिक मुद्दा दर्ता गरेको छ । अन्तरजातीय विवाह गरेका अर्जुन साहको बुवा शिवपुजनलाई जुत्ताको माला लगाइदिएर गाउँ घुमाउनेहरुलाई तत्काल छाड्न नेपाली कांग्रेस पर्साले भने असार १० गते डेलीगेशन गएरै प्रशासनलाई दबाव दिएको छ । तेलीलाई ८ गते बुधबार गाउँका मुखिया र अगुवाले घाँटीमा जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका थिए । शिवपुजन साहका छोरा अर्जुन साहले सोही ठाउकी रवीनाकुमारी पटेललाई असार १ गते भगाएर विवाह गरेका थिए । भवानीपुर गाविसमा साह को तीन घर परिवार मात्र छ । गाउँमा सबै भन्दा बढी कुर्मीहरुको बसोबास रहेको छ । अन्तरजातीय विवाह गरेका छोरालाई एक हप्ताभित्र गाउँमा उपस्थित गराउन स्थानीय पंचहरुले शिवपुजनलाई निर्देश गरेका थिए । पंचहरुले दिएको समयभित्र छोरा ल्याउन नसकेको भन्दैETI copy
गाउँका मुखिया, पञ्चहरुले शिवपुजनलाई जुत्ताको माला लगाइदिएर गाउँ घुमाएका थिए । गाउँमा शिवपुजनलाई जुत्ताको माला लगाएर घुमाउदै गर्दा उनकै बुहारीले सो बिषयमा स्थानीय एक नेतालाई फोन गरेर गुहार माग गरेकी थिइन । स्थानीय ती नेताले तत्कालै प्रहरीलाई खवर गरेका थिए । घटना स्थलमा पुगेको प्रहरीले शिवशंकर पटेल र ब्रम्हदेव पटेललाई गिरफ्तार गरेको थियो । प्रहरीले बुधवार स्थानीय भद्र भलाद्मीको रोहवरमा मिलेर आउने प्रतिवद्धता जनाएपछि उनीहरुलाई छाडेको थियो । तर स्थानीय स्तरमा शिवपुजन साहलाई झनै दवाव र पीडा दिएको थाहा पाएपछि प्रहरीले उनीहरुलाई बिहिवार हिरासतमा लिएर सार्वजनीक मुद्धा दर्ता गरेको हो । असार १० गते पर्साका प्रमुख जिल्ला अधिकारी केवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसले जुत्ताको माला लगाइदिएर गाउँ घुमाएको आरोपमा पक्राउ परेकाहरुलाई छाड्न दबाव दिएको हो । गाउँका पञ्चहरुले गरेको निर्णय सबैलाई मान्य भएकाले पक्राउ परेकाहरुलाई छाड्नुपर्ने दबाव दिन नेपाली कांग्रेसका पूर्वसांसद अजय द्विवेदीको नेतृत्वमा कांग्रेसका कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए । नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव अशोक जैशवालले प्रशासनले बिना कुनै उजुरी गाउँका अगुवाहरुको गिरफतारी भएकोले छोडनका लागि दवाव दिएको बताए । गिरफतार भएकाहरुलाई छुटाउनकालागि नेकपा एमाले ,नेकपा माओवादी केन्द्र ,नेकपा संयुक्त र राष्ट्रीय मधेश समाजवादी पार्टीका नेताहरु पनि पुगेका थिए । यता पर्साका डीएसपी होमेन्द्र बोगटीले घटना निन्दनीय भएकाले पक्राउ गरिएकाहरुलाई छोड्न नमिल्ने बताए । उनले भने, अन्तर जातीय विवाहकै कारण जुत्ताको माला लगाइदिएर गाउँ घुमाउनेहरुलाई कार्बाही हुन्छ, कुनै दबावले काम गर्दैन । भागेर अन्तरजातीय विवाह गरेका अजुर्न र रवीना कुमारी पटेल भने बुधवार राती गाउँ फर्किएका छन र उनीहरु आ आफनो घरमा रहेको स्थानीयले बताएका छन