थुनुवा हत्कडी सहित फरार

45

बीरगंज १० असार – जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा रहेका एक जना लागु औषधका अभियुक्त फरार भएका छन ।

भारतको रक्सौलका नेजामुदिन अन्सारी अस्पतालको आकस्मिक कक्षबाट भागेका हुन । उनलाई के रोग लागेर उपचार गर्न लिगएको हो भन्ने बिषयमा प्रहरीले अहिले केही बताएको छैन ।

उचार गराउनकालागि बीरगजको नारायणी उपक्षेत्रीय अस्पतालमा लगेको बेलामा प्रहरीलाई छलेर उनी भागेका हुन । उनी हत्कडी सहित दिउसो सवा तीन बजेको आसपासमा फरार भएका छन । उनी भारतीय नागरिक हुन । हत्कडी सहित भाग्ने अभियुक्तलाई के रोग लागेको थियो र उपचार गर्न लगिायो भन्ने प्रश्न उठन थालेको छ । प्रहरीले आफनो गाडीमा अस्पताल लगेपनि उपचार गर्ने क्रममा दुई जना प्रहरीलाई अभियुक्त कुर्नकालागि राखेको थियो । यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साले औपचारिक टिप्पणी केही पनि गरेको छैन ।