बिपद ब्यवस्थापन सम्बन्धी वालवालिकालाई तालिम

46

13509848_1414778998539393_777885304_o

बीरगंज १० असार – नेपाल पत्रकार महासघ पर्साका निर्वतमान अध्यक्ष के.सी.लामिछानेले बिपद ब्यवस्थापनका बिषयमा वालवालिकालाई पनि सचेत गरिनु पर्ने बताएका छन । प्राकृतिक बिपद र मानव सृजित बिपदमा सबै भन्दा जोखिममा वालवालिका हुने भएकोले उनीहरुलाई बिपद ब्यवस्थापन गर्ने कौशल सिकाउनु पर्नेमा उनले जोड दिए ।

बीरगंज उपमहानगरपालिका र सहयोगी नेपालको आयोजनामा वालवालिकाहरुकालागि बिपद ब्यवस्थापन सम्बन्धी तालिमको उद्धघाटन गर्दै लामिछानेले बिपदबाट जोगिने तरिका बारे पनि वालवालिकालाई अन्यौल हुने गरि सिकाउन नहुने बताए । बिपद ब्यवस्थापन बिधिका बारेमा वालवालिकालाई दक्ष बनाउन सके जोखिम न्यूनीकरण हुने उनले बताए ।

बीरगंज उपमहानगरपालिकाको सामाजिक बिकास महाशाखाका मुकेश गुप्ताले वालवालिकाका निम्ति बिनियोजीत बजेट वालवालिकाको दक्षता र सीप अभिबृद्धिमा खर्च गर्ने गरिएको बताए । उनले वालवालिकालाई बिपद ब्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षकहरुले सिकाउने र त्यसलाई बिपद ब्यवस्थापनमा अपनाउन समेत आग्रह गरे ।

सहयोगी नेपालका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा बीरगंजका बिभिन्न वडाका वाल क्लवका प्रतिनिधिहरुको सहभागिता रहेको छ । मनोज साहले संचालन गरेको कार्यक्रममा लक्ष्मी गुप्ताले स्वागत गरेकी थिइन । तालिममा तवरेज अमहद र बिकास बिज्ञ बिटु श्रीवास्तवले वालवालिकालाई तालिम दिएका छन ।