सुरक्षीत मातृत्वले स्वस्थ्य समाज निर्माण हुन्छ : यादव

57

Pradeep Yadav

वीरगंज, १० असार – संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदिप यादवले सुरक्षीत मातृत्वले मात्र स्वथ्य समाजको निर्माण हुने बताएका छन । बीरगंज उपमहानगरपालिकाको सहयोग तथा महिला नव जागरण संस्थाको आयोजनामा संचालती २ दिने सुरक्षीत मातृतव सम्बन्धी तालिमको उद्धघाटन गर्दै नेता यादवले सुरक्षीत मातृत्व सम्बन्धी ज्ञान नपाएकै कारण अकालमा महिला र शिशुको ज्यान जाने गरेको बताए ।

उनले आमा र बच्चाको राम्रो हेरचाहकालागि सरकारले सुरक्षीत मातृत्व कार्यक्रम सचालन गरेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयनमा समस्या रहेको बताए । उनले सुरक्षीत मातृत्वका बिषयमा जानकारी हुने दिदी बहीनीहरुले गाउँ घर छर छिमेकमा जानकारी गराउनु पर्ने बिचार ब्यक्त गरे ।

संस्थाकी अध्यक्ष मिनी सिंहको अधयक्षतामा भएको कार्यक्रममा बीरगंज उपमहानगरपालिका कार्यालयको सामाजिक बिकास महाशाखाका मुकेश गुप्ताले उपमहानगरले लक्षीत वर्गको कार्यक्रम अन्र्तगत महिलाहरुको शसक्तिकरणकालागि साझेदारहरुसंग मिलेर काम गरिरहेको बताए । उनले भौतीक पूर्वाधारको बिकासलाई मात्र बिकास ठान्ने परिपाटी आफैमा पूर्ण नरहेकोले सामाजिक बिकासकालागि सोच्ने तरिका र शैलीमा समेत परिर्वतन ल्याउन जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका निर्वतमान अध्यक्ष के.सी.लामिछानेले आमा र बच्चाको स्वास्थ्यमा सरकारले दिने गरेको सेवा र सुविधाका बारेमा आमाहरु नै अनभिज्ञ रहेको बताए । उनले सरकारले दिने सेवाका बिषयमा सूचना प्रवाह गर्ने काममा सरकारी निकायहरुनै उदासीन रहेको बताए । उनले आमा सुरक्षा कार्यक्रम आमा र शिशुकोलागि महत्वपूर्ण भएपनि सेवा उपभोगबाट धेरै आमाहरु बन्चित रहेको बताए ।

कार्यक्रममा जिल्ला जनस्वासथ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत अमलेश्वर मिश्र र मिरा यादवले प्रशिक्षण दिएका छन । नागरिक सचेतना केन्द्रमा सहभागि २५ जना महिलाको तालिममा सहभागिता रहेको छ । सरोज चौरसियाले संचालन गरेको कार्यक्रममा शर्मिला न्यौपानेले स्वागत गरेकी थिइन